‘घर डढाएर आगो ताप्ने’ खालको सोच बिमलेन्द्र निधी, प्रकाशमान सिंह, सुजाता कोइराला र शशांक कोइरालाको नै हो’



जेपी गुप्ता ।
नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले भनेका छन्–“१४औं महाअधिवेशनमा म दाइसँग (शेखर कोइराला) पनि गइन, शेरबहादुरसँग पनि गइन । १५औं महाअधिवेशनबाट नेतृत्व र काँग्रेस बदल्नु पर्छ। काँग्रेस सुधार्न १५ महाअधिवेशन कुर्नुपर्छ।”यस भनाईको स्क्रिन सट तल पोष्ट गरेको छु।

जग जाहेर छ। काँग्रेसको १४औं महाअधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाका बीच नै प्रतिस्पर्धा थियो। त्यस निर्वाचनको परिणामले पनि यही सत्यलाई स्थापित गरेको छ। यो पनि उतिकै सत्य हो कि रामचन्द्र पौडेल, बिमलेन्द्र निधी, प्रकाशमान सिंह, सुजाता कोइराला र शशांक कोइरालाले शेरबहादुर देउवालाई विजयी गराउनेमा निर्णायक भूमिका खेलेका हुन् ।

शेखर विजयी भएमा दरो भई लामो समयसम्म सभापति रहने छन् । १५औं महाअधिवेशनमा यिनलाई हटाउन कठिन हुनेछ। शेरबहादुर भएमा शेखर स्वतः कमजोर हुनेछन् । शेरबहादुरले पनि केही गर्न सक्ने छैन। यसर्थ, १५ औं महाअधिवेशन भनेको हाम्रै त हो–बिमलेन्द्र निधी, प्रकाशमान सिंह, सुजाता कोइराला र शशांक कोइरालाको यस्तो सानो तथा क्षुद्र बिचार रहेको कुरा बुझ्न माथापच्ची गरिरहनु पर्दैन । जग जाहेर छ । रामचन्द्र पौडेलले भने नयाँ संसदवाद शेरबहादुरले भने उनलाई संसदीय दलको नेता बनाई दिएर प्रधानमन्त्री हुने बाटो खोलिदिने ‘मुसेचित्त सोच’ रहेको पनि सबैले जानेकै कुरा हो।

आज काँग्रेसमा शेरबहादुर देउवाले राम्रो गरेको वा खराब गर्दै गएको–मैले यहाँ यसको चर्चा गर्न खोजेको छैन। तर, यति त जान्दछु कि काँग्रेसलाई यथास्थितिको भासमै राखिराखेर पछि आफूहरू बिकल्पमा पुग्न सकिने “घर डढाएर आगो ताप्ने” खालको सोच बिमलेन्द्र निधी, प्रकाशमान सिंह, सुजाता कोइराला र शशांक कोइरालाको हो नै।

स्वर्ग र नर्क कहीँ अन्त छैन, यही छ। जुन बेला शशांक कोइराला राजनीतिबाट निरपेक्ष रही भारतमा हाईस्कूलमा पढद्थे–त्यस बेला बिमलेन्द्र निधी सबैभन्दा कम उमेरका राजवन्दीको रूपमा रामेछापका जेलमा थिए । निजी प्रोफाइलमा विमल शशांक भन्दा धेरै प्रतिभावान र उच्च छन्। तर, समयको सही मूल्यांकन गर्न नसक्दा आज समानुपातिक सांसदका लागि देउवाका अघि मुखापेक्षी भएका छन्। बिमल–जो अत्यन्त शौर्यवान थिए, मधेसबाट काँग्रेसमा निर्णायक थिए; आज सुरक्षित निर्वाचन क्षेत्र पाउन नसक्ने अवस्थामा पुगे। मेरो बिचारमा बिमलको अवनतिको यो दुखद अवस्था हो। प्रकाशमान, सुजाताको हालत अझ् ओरालोको छ। शशांक साखुल्ले भएका छन् ।
शशांकको साखुल्लेपनाको उदाहरण हो उनको यो वक्तव्य।
उनको यो भनाई–“१४औं महाअधिवेशनमा म दाइसँग (शेखर कोइराला) पनि गइन, शेर बहादुरसंग पनि गइन।१५औं महाअधिवेशनबाट नेतृत्व र काँग्रेस बदल्नु पर्छ। काँग्रेस सुधार्न १५ महाअधिवेशन कुर्नु पर्छ। अहिलेको चुनावमा पनि न्याय हुदैन।” उनको कुमतिको द्योतक हो।
शायद, शशांकहरूलाई यस तथ्यको हेक्का छैन कि एक पटक लिकबाट ओर्लेको पार्टीलाई पिनः लिकमा चढाउन कति कठिन हुनेछ, अबको समयमा असम्भव नै हुनेछ। काँग्रेस, एमाले वा अन्य कुनैपनि पार्टी आज ‘धर्म’ सरह रहेन। यो लिगल टेन्डर झैं भएको छ। यदि पार्टीले मतको साटो जनताको चासोको सवालमा बस्तु सरह परिवर्त्य सुविधा दिन सकेन भने जनताले रछ्यानमा पुर्याउने छ। यस कुराको सत्यापन बुझ्न शशांकहरूलाई अब धेरै साता पर्खनु पर्दैन। केही साता भित्रै सबै कुरा बुझिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ