समानुपातिकको बन्द सूचीबाट माओवादी केन्द्रले हटायो कृष्णबहादुर महराको नाम



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम हटाएका छन।

माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो। उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए। माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्।

उनी २०६३र०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०७४ दाङबाट निर्वाचित भएका थिए।

उनी ६ पटक मन्त्री र एकपटक सभामुख भएका छन। महराकी छोरी प्रगति महरा भने लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसद सिफारिस भएकी छन्।

महराले माओवादी केन्द्रको सांस्कृतिक मोर्चामा लामो समय काम गरेकी थिइन्। उनी ुजनयुद्धुमा समेत भूमिगत थिइन्। महराका दुई छोराछोरीसहित सिंगो परिवार ुजनयुद्धुमा भूमिगत भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा