निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि बढाउन पूर्वराष्ट्रपतिको सुझाव



काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेका युवा वर्गलाई देशका निमुखा जनताको पक्षमा राजनीतिलाई अगाडि लैजान आग्रह गरेका छन् ।

काठमाडौँको काँडाघारीस्थित नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले आयोजना गरेको १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस २०७९ मा उनले महात्मा गान्धीले समातेको बाटोलाई अवलम्बन गर्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका हुन्।

‘गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति थियो तर के अहिलेको राजनीतिक निमुखाको पक्षमा छ त रु,’ पूर्वराष्ट्रपति डा यादव भन्छन्, ‘राजनीतिबाट पनि मोक्ष प्राप्ति हुन्छ, राजनीति अरुका लागि, समाजका लागि, देशका लागि, निमुखाका लागि हुनुपर्छ, तर खै सिकेका  ? त्यसैले अब युवाले निमुखाको पक्षमा राजनीति गर्नुपर्छ।’

भारतमा गान्धीले समाजसँग, जनतासँग, देशसँग जोडेर स्वतन्त्रताको आन्दोलनको नेतृत्व गरेको चर्चा गर्दै उनले चर्खा आन्दोलन गरेर अङ्ग्रेजबाट देशलाई मुक्त गराउन उनको योगदान ठूलो रहेको बताए। मानिसले नै अहिले प्रकृतिको विनाश गरेर नेपाल मात्रै होइन विश्वमा बढ्दो जलवायु परिवर्तनले २२ औँ शताब्दीमै मानव सभ्यता मुस्किल सङ्कटमा पर्ने जनाउँदै उनले विश्व सङ्कटमा र आफ्नो देश सङ्कटमा पर्दा पनि देशको नेतृत्व गर्नेलाई कुनै मतलब नभएको टिप्पणी गरे।

कुनै पनि प्रश्न बिना जीवनको अर्थ छैन भन्दै उनले मानव जातीले जल, जमिन, हावालगायत प्राकृतिक विनाश निम्त्याउँदा विश्वमा खाद्य सङ्कट, इन्धन सङ्कट बढ्दै जाँदा विश्वमा करोडौँ मानिस भोकमारीको चपेडामा परिरहँदा युक्रेन र रुसको युद्धले विश्व आक्रान्त बनेको बताए।

कार्यक्रममा दिल्ली विश्वविद्यालयका प्रा रामचन्द्र प्रधान, गान्धी पुरी आश्रमका संस्थापक अध्यक्ष अगष्ट इन्द्र उदियान, भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसनका प्रतिनिधि प्रसन्न श्री वास्तब, गान्धी तुलसी दर्शन अध्ययनका शङ्कर तिवारी, जापानी नागरिक किसिमोटो आगुमी, नानाका हिगुची, पूर्व सङ्घीय सांसद दीपक कुइँकेल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलगायतले गान्धीले ल्याएको स्वतन्त्रताका बारेमा चर्चा भएको थियो।

कार्यक्रमका सभापति एवं महागुठीका अध्यक्ष उद्यमोहन श्रेष्ठले नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले यहाँको विकासमा पुर्याएको योगदानको चर्चा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगद्वारा समानुपातिकको सिट बाँडफाँट, कसले कति पाए सिट ?

काठमाडौं ।  निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत

समानुपातिकतर्फ कसको कति सिट ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट दलहरुले प्राप्त

महाकालीमा तटबन्ध निर्माण रोक्न भारत सहमत

धनगढी । दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी रुपमा निर्माण सुरु गरेको तटबन्धका

संसद सचिवालयका महासचिवको पत्र कार्यान्वयन नगर्न बारको आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन पत्रलाई निष्प्रभावी