‘रवीन्द्र मिश्र र बाबुरामलाई एकै ठाउँमा दाँज्नु, गुड र गोबर जस्तै हो’



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिएपनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै रहेछन् भन्नेकुरा उठिरहेको उल्लेख गर्दै पुरातन राजावादी र अग्रगमनकारी शक्ति कहिल्यै उस्तै नहुने जिकिर गरे । उनले राजावादी र अग्रगमनकारी शक्तिलाई एकै ठाउँमा दाँज्नु, गुड (सखर) र गोबर झैँ भएको उल्लेख गरे ।

अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले नेपाल जस्तो बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए ।

उनले भने, ‘हाम्रो नाम परिवर्तन भएपनि सार एउटै छ । अहिले पार्टीको नाम मात्रै फेरिएको छ, दिशा र विचार एउटै छ । समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने लक्ष्य हो । आज सामाजिक सञ्जालमा देखेँ, आखिर वैकल्पिक भन्नेहरुको पनि स्पष्टता थिएन, रवीन्द्र मिश्र राजावादीतिर जाँदैछ, बाबुराम पनि पछि फर्कियो भन्नेछ । अब यो त गुड र गोबर हेर्दा त उस्तैउस्तै हुन्छ, तर कति गहिराईमा गएर हिँडेको छ भन्ने कुरा हो, त्यसको आधारभुत कुरा त केही मिल्दैन । हामी अग्रगमनको कुरा गरिरहेक छौँ । समुच्चतामा समाज रुपान्तरणको कुरा गरिरहेका छौँ भने अर्को मान्छे, फेरि पछाडितिर घुमाई फिराई राजतन्त्र, एकात्मक राज्यसत्ता, निरंकुशतातिर फर्किने अभ्यास एउटाले गरिरहेको छ । त्यसैले यो एउटै भन्न मिल्दैन, यसकारण युवा विद्यार्थीहरु सामाजिक सञ्जाल यस्ता कुराबाट मुक्त हुनुपर्छ । यो संविधान आधा गिलास भरि र आधा खालि छ । नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई धयन दिँदै हामीले पूर्ण रुपमा क्रान्ति पूरा गर्न नसकेको नै हो । सम्झौताको बाटोबाट गएपनि मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ । तर पूर्ण गर्न सकेनौँ । पहिलो कुरा बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाती भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को जुन शासकीय निर्वाचन प्रणाली अपनायौँ, त्यो खिचडी खालको अपनायौँ ।’

अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्तिहरु संकलन गरी समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको