गठबन्धनप्रति ओलीको टिप्पणीः ‘टाउकोमा खोपडी नभएकाहरु’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्रसँग विचारनै नभएको आरोप लगाएका हुन् ।

उनले माओवादी पार्टी प्रचण्ड एण्ड कम्पनी रहेको बताए र उनले भने, ’कांग्रेस अब लोकतान्त्रिक रहेन । कांग्रेस लोकतान्त्रिक पार्टी हुँ भन्ने कहिँकतै रहेन । कांग्रेस प्रचण्डको कार्यकर्ता हो । अब अरु पार्टीको त के कुरा गर्ने ?’

उनले माओवादीले पार्टीको रुपनै नलिएको बताए । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सबैको योगदान हुनुपर्ने बताए । ओलीले गठबन्धनले देश चलाउन नसकेको बताए । उनले राष्ट्रपतिले फिर्ता पठाइदिएको नागरिकता विधेयकमा पुनर्विचार नगर्ने सत्ता गठबन्धनको निर्णयप्रति आपत्ति जनाए ।

उनले गठबन्धनलाई ‘टाउकोमा खोपडी नभएकाहरु’ को सज्ञा दिए । उनले यस्तालाई सरकारमा राख्नुहुन्छ नेपाली जनताले ? टाउकामा खोपडी नभएका, पाखुरामा मसल मात्रै भएकाहरु हुन्। खोपडीहीन मसले। यस्ता मसले, तिघ्राको मात्रै भाषा बोल्ने। यस्ताहरुलाई सरकारमा राखेर देश चल्छ ?’

उनले गठबन्धनको सरकारलाई लामोसमयसम्म रहन दिनु देशका लागि दूर्भाग्यपूर्ण भएको बताए । उनले सरकार कस्तो छ भन्ने कुरा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेबाटै थाहा हुने बताए ।

उनले भने, ‘विधेयकमा कमीकमजोरी नरहोस् भनेर राष्ट्रपतिले फिर्ता पठाउनुभएछ। संसद्मा होइन, बाहिर बसेर, राष्ट्रपतिले फिर्ता पठाउनुभएपछि मसल छामेर राष्ट्रपतिले फिर्ता पठाउने ? जस्ताको तस्तै फिर्ता पठाइदिने भनेर हिजो निर्णय गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार निर्मूल गर्न र कानुनी शासनका मुद्दामा कांग्रेसले नेतृत्व गर्नुपर्छः महामन्त्री थापा

    सुदूरपश्चिम ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विकास र सुशासन पार्टीको

महालेखापरीक्षकमा तोयम रायाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

  काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन

अख्तियारद्वारा डोल्पामा खेल मैदान निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको