प्रहरी समायोजनको माग गर्दै केन्द्र सरकारविरूद्ध मधेश सरकारद्वारा धर्नासहितको आन्दोलन घोषणा



जनकपुरधाम । मधेस सरकारले प्रहरी समायोजन नभएको भन्दै आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार प्रहरी समायोजनका लागि गम्भीर नेदखिएको भन्दै मधेस सरकारले शनिबार पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

मधेस सरकारका गृह तथा संचारमन्त्री भरत साहले शनिवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मधेश सरकारले साउन २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने धर्नामा मधेस सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरुको सहभागिता रह्ने गृमन्त्री साहले जानकारी दिए ।

मन्त्री साहले संघीयता नरूचाउनेहरूको घेरामा संघीय सरकार रहेको आरोप लगाए । गत साता प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षणको पहल नभएपछि मधेस सरकारले आन्दोलनकोे कार्यक्रम सार्वजनिक गरेको हो ।

पहिलो चरणको आन्दोलनबाट पनि प्रदेश सरकारले प्रहरी समायोजन लगायतका अधिकारको विषयमा गम्भीरता नदेखाए संघ सरकारबिरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने मन्त्री साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा