२८ वटा सिनेमा खेलेका तर सर्वाधिक खोजी सूचीमा रहेका ओमप्रकाशको यस्तो जीवन कहानी



पासा भनेर चिनिने ओमप्रकाश भारतको उत्तरी राज्य हरियाणाका प्रहरीले सर्वाधिक खोजी गरेका व्यक्तिको सूचीमा थिए । सन् १९९२ मा असफल डकैती र हत्याका आरोपित एक व्यक्ति फरार भएपछि उक्त मुद्दा त्यसै बन्द गरिएको थियो । भारतीय सेनाका पूर्वकर्मचारी रहेका उनलाई प्रहरीले डकैती र हत्याको आरोपमा तीस वर्षदेखि खोजिरहेको थियो । छिमेकी उत्तर प्रदेशमा उनी आममान्छे सरह घुलमिल भएर बसिरहेका थिए। त्यहाँ उनले नयाँ कागजपत्र बनाए, स्थानीय महिलासँग विवाह गरे र तीनजना सन्तान हुर्काए ।
उनको परिवार के भन्छ?
यसै हप्ताको सुरुमा गाजिबाद शहरमा रहेको झुपडबस्तीमा आफ्नो घरबाट उनी पक्राउ परे । पक्राउ पर्नुअघि ओमप्रकाशका विभिन्न परिचय रहेको प्रहरीले बताएको छ। उनले ट्रक चलाए, धार्मिक समारोहहरूमा गीत गाउने समूहको सदस्यका रूपमा छिमेकी गाउँहरूको भ्रमण गरे र कम बजेटका २८ वटा चलचित्रमा अभिनय समेत गरे ।

ओमप्रकाश हिरासतमा छन् र उनले आफूविरुद्धका आरोपहरूका बारेमा प्रतिक्रिया जनाएका छैनन् । तर उनलाई पक्राउ गर्ने समूहका सदस्य समेत रहेका हरियाणाका एक स्पेशल टास्क फोर्सका सब–इन्स्पेक्टर विवेक कुमारले उनलाई १९९२ को हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा पक्राउ गरिएको बताए । ओमप्रकाश गिरफ्तार भएको दुई दिनपछि म उनीहरूको परिवारको तर्फको कथा सुन्न उनीहरूको खोजीमा लागेँ। उनको प्रतिरक्षामा उनीहरूले के भन्छन् त्यो सुन्न म उत्सुक थिएँ ।

मैले उनकी २५ वर्षदेखिकी श्रीमती र उनीहरूका तीन जनामध्ये दुई सन्तान भेटेँ। उनका छोरा २१ वर्ष र छोरी १४ वर्षकी थिइन् । राजकुमारी आफ्ना श्रीमान्माथि लगाइएका आरोपसम्बन्धी समाचार प्रकाशन गरेका भारतीय समाचारपत्र पल्टाउँदै आफूहरू अझै आश्चर्यमा परिरहेको बताउँछिन् ।

उनले आफूहरूलाई उनीहरूको ’आरोपित आपराधिक पृष्ठभूमि’का बारेमा केही थाहा नभएको र खुलासा भएका विवरणबारे सोधखोज गरिरहेको बताइन् । परिवारले ओमप्रकाशमाथि आफूहरूसँग छलछाम गरेको आरोप लगाउँछन्। “मैले उनीसँग सन् १९९७ मा बिहे गरेँ र त्यसबेला मलाई उनको विवाह भइसकेको र उनको हरियाणामा परिवार रहेको थाहा थिएन,“ राजकुमारीको आरोप छ ।
ओम प्रकाश को हुन् र उनीमाथि के आरोप छ?
ओम प्रकाश हरियाणाको पानीपत जिल्लाको नरिआना गाउँका बासिन्दा हुन् । प्रहरी अधिकारी कुमारले भने, “ओम प्रकाशले भारतीय सेनाको सिग्नल युनिटमा १२ वर्षसम्म ट्रक चालकको काम गरे। चार वर्षसम्म सेवामा हाजिर नभएको आरोपमा उनलाई सन् १९८८ मा फौजबाट बर्खास्त गरिएको थियो।“

कुमारका अनुसार अनुसार हत्याको आरोप लाग्नुअघि पनि कैयौँ पटक उनीमाथि कानुन मिचेको आरोप लागेको थियो। सन् १९८६ मा उनीमाथि कार चोरेको आरोप लागेको थियो । त्यसको चार वर्षपछि उनीविरुद्ध मोटरसाइकल, सिलाउने मशिन र स्कुटर चोरीको आरोप लागेको थियो। यी अपराधहरू विभिन्न जिल्लामा भएको र कतिपयमा उनी पक्राउ परेका र धरौटीमा रिहा भएका थिए ।

कुमारले दिएको जानकारी अनुसार सन् १९९२ को जनवरीमा ओमप्रकाश र अर्का एक व्यक्तिले मोटरसाइकलमा यात्रा गरिरहेका एक व्यक्तिमाथि लुटपाटको प्रयास गरेका थिए । उनको आरोप छ, ‘ती व्यक्तिले प्रतिरोध गरेपछि उनीहरूले चक्कु प्रहार गरे। जब उनीहरूले गाउँलेहरू आफूहरूतिर आइरहेको देखे स्कुटर छाडेर उनीहरू भागेका थिए।

कुमारका अनुसार दोस्रो व्यक्तिलाई पक्राउ गरिएको थियो। उनले धरौटीमा रिहा हुनुअघि ’सात/आठ वर्ष जेलमा’ बिताए । तर ओमप्रकाश बेपत्ता भए र त्यसको केही समयपछि उक्त मुद्दाको सुनुवाइ रोकियो। प्रहरीले उनलाई एक ’घोषित अपराधी’ को सङ्ज्ञा दियो र उनको फाइल त्यसै एउटा कुनामा थन्काइयो ।

आफ्नो गिरफ्तारीपछि उनले प्रहरीलाई हत्याको आरोप पछिको आफ्नो पहिलो वर्ष दक्षिण भारतको तामिलनाडु र आन्ध्र प्रदेशका मन्दिरहरूमा आश्रय लिएर बिताएको बताएका थिए । त्यसको एक वर्षपछि उनी उत्तर भारतमा फर्किए, तर घर गएनन्। बरु १८० किलोमिटर पर गाजियाबादमा ट्रक चालकको रूपमा काम थाले र उनले आफूलाई स्थापित गराए ।

राजकुमारीसँग उनले सन् १९९७ मा विवाह गरेका थिए। सन् १९९० को दशकमा उनले चलचित्रहरूका भिडियो रिकर्डहरू पनि विक्री गर्ने र भाडामा लगाउने काम गरेका थिए । उनकी श्रीमतीका अनुसार समुदायमा उनी बजरङ्ग बली वा बजरङ्गीका रूपमा परिचित थिए ।

सन् २००७ देखि उनले स्थानीय हिन्दी भाषाका चलचित्रहरूमा सङ्क्षिप्त अभिनय समेत गर्ने गरेका थिए । ती चलचित्रमा उनले गाउँको मुखिया, खलनायक, प्रहरी हवलदार, चलचित्रका संवाद र गीतमा पनि काम गरे । एउटा चलचित्र टकराव यूट्यूबमा ७६ लाख पटक हेरिएको थियो । कुमार भन्छन्, ‘उनले नयाँ आधिकारिक कागजपत्रहरू बनाएर मतदाता परिचयपत्र र आधारकार्ड समेत बनाएका थिए।’

तर प्रहरीका अनुसार ओम प्रकाशले एउटा गम्भीर गल्ती गरेको प्रहरीको भनाइ छ। उनका सबै कागजपत्रमा उनको आफ्नो र उनको पिताको वास्तविक नाम रहेको थियो जसले गर्दा उनी समातिए ।

उनी कसरी समातिए?
हरियाणाले सङ्गठित अपराध, लागुऔषध जफत, आतकङ्वाद र अन्तरप्रदेश अपराधसँग जोडिएका विषयमा छानबिन गर्न एउटा विशेष टास्क फोर्स गठन गरेको सन् २०२० मा एक वर्ष पुगेको थियो । त्यही बेला उनको फाइल खोलियो ।

उक्त टास्क फोर्सले उनलाई ’सर्वाधिक खोजिएका व्यक्ति’ को सूचीमा राख्यो र उनलाई गिरफ्तार गर्नका लागि सूचना दिने व्यक्तिलाई भारू २५ हजार इनाम दिने घोषणा गर्यो । दुई महिनापछि प्रहरी नारइना गाउँ पुगेको थियो र उनीहरूले ’५० देखि ६० को दशकमा हिँडिरहेका व्यक्तिहरूलाई ओम प्रकाश बारेका उनीहरूका केही सम्झनाबारेमा’ सोधेका थियो ।

त्यहीँबाट उनीहरूले पहिलो सुराक पाए– ओमप्रकाशले उक्त गाउँ दुई दशक पहिले भ्रमण गरेका थिए र उनी उत्तर प्रदेशमा कतै बसिरहेका हुन सक्छन् । दोस्रो भ्रमणमा उनीहरूले ओम प्रकाशको नाममा दर्ता फोन नम्बर फेला पारे र अन्ततः उनको ठेगाना पत्ता लगाउन सके । प्रहरीले हप्ता दिनसम्म उक्त क्षेत्रलाई निगरानी गरेर उनको घर पत्ता लगाएको थियो ।

आफूसँग ३० वर्ष पुरानो फोटो रहेको र अहिले उनी अर्कै देखिने भएकाले उनलाई पहिचान गर्न धेरै सङ्घर्ष गर्नुपरेको उनीहरू बताउँछन् । कुमार भन्छन्, “हामी सही मानिस पक्राउ भएको सुनिश्चित गर्न चाहन्थ्यौँ।“ त्यति लामो समयसम्म फरार रहेका व्यक्तिलाई यसरी पक्राउ गर्नुलाई स्पेशल टास्क फोर्सको सफलताका रूपमा हेरिएको छ।

गीता पान्डेय
बीबीसी न्यूज, दिल्ली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन