एफबीआईको खोजी सूचीमा रहेकी डा. रुजा बिटकोइन अर्बपति



क्रिप्टोकरेन्सीको बजार सङ्कटमा देखिएको बेला बीबीसीले देखेका दस्ताबेजहरूले बिटकोइनमा एक अनपेक्षित लगानीकर्ताले ठूलो रकम गुमाइएको देखिएको छ ।

बिटकोइनलाई प्रतिस्थापन गर्ने क्रिप्टोकरेन्सी ओनकोइन बनाएको दाबी गर्दै करोडौँ डलर लगानी आकर्षित गरेर सन् २०१७ मा बेपत्ता भएकी डा. रुजा इग्नाटोभाले आफै बिटकोइनमा गोप्य रूपमा ठूलो लगानी गरेको सार्वजनिक भएको छ । ओनकोइनका कारण अमेरिकामा धोखाकडी र सम्पत्ति शुद्धीकरणको मुद्दा परेकी डा. इग्नाटोभा एफबीआईको १० बेपत्ता खोजीको सूचीमा छिन् ।

डा. इग्नाटोभालाई इतिहासकै सबैभन्दा सफल अपराधी नाम दिएका एक वकिलले सन् २०२१ मा सामाजिक सञ्जालमा राखेका दुबईको अदालतका दस्ताबेजले पहिलो पटक उनको बिटकोइनमा लगानी भएको खुलासा गरेको थियो ।

बीबीसीले सामाजिक सञ्जालमा दुबई फाइल्स भनेर राखिएका केही दस्ताबेजलाई स्वतन्त्र रूपमा पुष्टि गरेको छ। तर सबै दस्ताबेज भने पुष्टि हुन सकेका छैनन् । ती दस्ताबेजले कम्तीमा डा. इग्नाटोभाका लागि दुबई महत्वपूर्ण कारोबार मार्ग गरेको पुष्टि गर्छन्। एफबीईले यूएईसहित कम्तीमा पाँच देशमा उनको सम्बन्ध रहेको बताएको थियो ।

सो मुद्दा ब्रिटिश इन्डिअन ओसिअन टेरिटरीमा दर्ता भएको छ किनभने ओनकोइनको वेबसाइट सोही स्थानमा रहेको थियो । डा. लेभीले अरबी भाषामा रहेका हजारौँ दस्ताबेजहरू एक गोप्य सूचनादातामार्फत प्राप्त गरेको बताएका छन्।

उनको विचारमा ती सूचनादाताले दुबईका केहीले अनुचित तरिकाले यसबाट फाइदा लिएको कुरा मन पराएका छैनन् । डा. लेभीको मुद्दामा गरिएको सबैभन्दा गम्भीर दाबी शाही परिवारका धनाढ्य व्यापारीका छोरा शेख साउद बीन फैसल अल कसीमीले बिटकोइनको विशाल व्यापार गरेको भन्ने हो।

दस्ताबेजले सन् २०१५ मा शेख साउदले डा. इग्नाटोभालाई २ लाख ३० हजार बिटकोइन भएको एउटा पेन ड्राइभ दिएको लेखिएको छ। त्यति बेला ती बिटकोइनको बजार मूल्य चार करोड ८५ लाख अमेरिकी डलर थियो ।

त्यसको बदलामा डा. इग्नाटोभाले झन्डै पाँच करोड डलर बराबरको मासरेक बैंकको तीन चेक शेख साउदलाई दिएको देखिन्छ । तर मासरेक बैंकले कालो धन भएको शङ्कामा डा. इग्नाटोभाको खाता रोक्का गरिसकेकोले ती चेक साटिन नसकेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन