कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै



काठमाडौं । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ। भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैनजस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए। उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ।

‘भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो। सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो। तर नेपालमा भारतमा बढेकोजस्तो भने बढेको छैन,’ उनले भने।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो। सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन्। अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन्। असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ। असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन्। अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष (आइसीयु)मा छन्।

इपीडीमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए। भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ।

‘सङ्क्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो। तर हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने।

उनले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट (BA4 वा BA5U) प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययन भइरहेको बताए। ‘अहिले देखिएका सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौं,’ उनले भने, ‘एक दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ।’

नेपालमा अहिलेसम्म ओमिक्रोनको BA2 प्रजातिको भेरियन्ट रहेको छ। उनका अनुसार अहिलेका बिरामीमा पहिलेका सङ्क्रमतिलाई जस्तै सामान्य लक्षण रहेको छ। –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यकः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति

कांग्रेसले भन्यो-प्रधानमन्त्री अँध्यारोमा हुनुहुन्छ, गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गरौं

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छानबिन गर्न संसदीय समिति

सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने निर्दोष हुनुहुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी विवादमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौ । नेपाली कांग्रेसले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ