पुराना किताव



डा. गोविन्दशरण उपाध्याय ।
समय ८ः५५ मिनट बेलुका
“मोटर बाटोबाट हाम्रो घरमा पुग्न एक दिन पैदल हिड्नु पर्थ्यो । मैले आठ वर्षको उमेरमा पहिलो पटक वालिङमामा मोटर देखेको थिएँ । ट्रक चढ्दा अतालिएको थिएँ । एकैछिनमा वाकवाकी लागेको थियो । हाई–स्कूल दुई घण्टा हिंडेर जानु पर्थ्यो । विहानै उठेर एक डोको घाँस काटेपछि मात्र विद्यालय जान पाइन्थ्यो । घरमा धेरैजसो मकैको आटो पाक्थ्यो । आमाले केहीले दूध त कहिले मोही त कहिले राइको साग, कहिले गुन्द्रुक त कहिले जिराको झोल भागमा हाल्दिनु हुन्थ्यो । दौडने पोजमा मुख पोल्ने तातो खाना मुखमा छिराउँदै स्कूल जानु पर्थ्यो । गाउँका धेरैजसो हामी सहपाठीहरू यसै गर्थ्यौं ।

विद्यालयमा पढ्ने सहपाठीहरू आफ्नो उमेरभन्दा ठूला थिए । उमेर ठूलो हुँदैजाँदा उनीहरूलाई रहर हुँदाहुँदै पनि पढाएको बुझ्ने क्षमता कम भएजस्तो लाग्थ्यो । उनीहरुले आफू पछाडि बसेर मलाई अगाडीको कुर्सीमा बसाउथे । अनि, क्लास सकिएपछि खासगरी अंग्रेजी र म्याथ उनीहरूले सिकाई माग्थे । स्कूलमा “खाजा खाने” भन्ने कुराचाहिं मावलीमा टीका लगाएर दिने एक मोहोर, धेरै पछि एक रूपैयाँ कमाएको दिनमा मात्र जुर्थ्यो । दिउँसो त्यस्तै हो तर चारबजेको अन्तिम कक्षा सकिएर घर जाने बेलामा भोकले पेट बाउँडिदन्थ्यो, घर पुगेपछि भुटेका मकै वा रोटी खाजामा पाइन्थ्यो त्यो पनि कहिलेकाहीं मात्र ।

त्यस बखत हामीलाई सबैभन्दा माया आफ्ना कितावहरूको लाग्थ्यो । मैले पनि आफ्नो नाता पर्ने काकासँग पुरानो कितावको लागि कक्षा आठ देखिनै भनेको थिएँ । उहाँलाई पनि कसैले पुराना पुस्तक नै दिएका थिए रे । उहाँले पांच दिन रोपाइँको “बाउसे” गएर ती किताव पाउनु भएको थियो । दुर्भाग्यवस, उहाँ एसएलसीमा उत्तीर्ण हुन सक्नुभएन तर उहाँबाट पाएको पुराना पुस्तकले मलाई उत्तीर्ण बनायो । मैले उहाँबाट ती पुराना पुस्तकहरू पाएको दिन, रातभरी टुकी बालेर च्यातिएको ठाउँहरू खोजी–खोजी पानीटेपले टालेको थिएँ । अनि, पुरानो गोरखापत्र खोजेर निकै मेहेनत गरेर गाता लगाएको थिएँ । १३ वर्षको उमेरमा पनि मैले किताव प्राप्त गर्दाको खुसी र सन्तोष आज पनि गर्न सकेको छैन । मैले एसएलसी पास गरें । मैले पनि ती कितावहरू मभन्दा जुनियरलाई दिएँ ।

उनी पनि उत्तीर्ण भएर अरू कसैलाई ती किताव दिए । अहिलेको सरकार धनि भएको छ । धेरै ठूलो कुरा गर्छ तर परीक्षा आइसक्दा पनि विद्यार्थीहरूलाई पुस्तक दिन सक्दैन । हरेक वर्ष “अपडेट”का नाममा महङ्गा पुस्तकहरू रद्दीको टोकरीमा फालिन्छन् । बोर्डिंग स्कूलहरूले कमिसनका लागि हरेक वर्ष पुस्तक फेर्छन् । देशका ७० प्रतिशत बालबालिकाहरू पुस्तक नै नपाएर फेल हुन्छन् वा बल्लबल्ल पास हुन्छन् । देशको नयाँ शिक्षानीतिले किताव त छाप्न सकेन तर विद्यार्थीहरूलाई हरेक वर्ष पुस्तक विस्थापित गरेर पढ्न समेत बाट बंचित गरेको छ । पुराना पुस्तक पढ्दा हीनताबोध गराउने, नयाँ पुस्तकहरू दिन नसक्ने, भएका पुस्तकहरू कवाडीलाई बेच्न प्रोत्साहित गर्ने “नयाँ गणतन्त्रप्रति” दिक्क लागेर आउँछ ।

बालबालिकाले हरेक वर्ष अपडेटेड पुस्तक पाउनु राम्रो कुरा हो तर पुस्तक नै दिन नसक्ने र भएका पुस्तकहरू रद्दीमा बेच्नुपर्ने नीचतापूर्ण शैक्षिक नीति तय गर्नेहरू राष्ट्र र जनताका अपराधी हुन् । बालबालिकाहरू एकछाक खाना नपाए पनि पढ्नका लागि पुस्तक चाहन्छन् । आज पनि देशमा असंख्य बालबालिकाहरू छन् जसको परिवारले नयाँ पुस्तक किनेर दिन सक्दैन र पुराना भए पनि पुस्तकहरू पाए राम्रो श्रेणीमा उत्तीर्ण हुन्थे । म ती सबैलाई नीति निर्माताहरूलाई घोरअपराधी ठान्छु जसले शिक्षालाई नै “गरीवका लागि र धनिका लागि” फरकफरक शिक्षाको व्यवस्था गरे । धनिहरूका लागि घरघरमा पुस्तक पुर्याउने व्यबस्था मिलाए, गरीवहरूलाई पुराना पुस्तक समेतबाट बंचित पारे ।
म ती भाग्यमानी मध्ये हुँ जसले पुराना पुस्तक पढेर त्रिविविको प्राध्यापक बन्न सफल भएको छु । महान् दार्शनिक बर्त्रेंड रसेलले भनेका छन् “एउटा विद्वान राम्रो शिक्षक नहुन सक्छ तर एउटा राम्रो शिक्षक अनिवार्य रुपमा विद्वान् हुन्छ । ” उप्रान्त यो देशको शिक्षानीति शिक्षकले तय गर्नुपर्छ नीति निर्माता तथाकथित विद्वान् तथा रानीतिज्ञले होइन । मलाई थाहा छ, परजीवी नीति निर्माताहरूलाई यो लेखले निकै पोल्ने छ, पोलोस् !” उनले आफ्नो कुराको बीट मार्दै भने र शान्त भए ।

म भने ठ्याक्कै मसँग मिल्दो जीवन भोगाई पर्न गएकोले अचम्भित भएँ । ३५ वर्षसम्म शिक्षकका रूपमा विविमा सेवा दिएका यी विद्वानप्रति मसँग सम्मान बाहेक केही थिएन । उहाँको गोडामा आफ्नो शिर राखेर, आशिर्वाद थपेर आफ्नो घर फर्किए भने आफ्नो बाल्यकाल पनि सम्झिएँ जुन बखत एउटा पुरानो पुस्तकको मूल्य अमूल्य नै हुन्थ्यो । पुरानो पुस्तक झोलामा बोकेर हिड्ने विद्यार्थी आफ्नै सहपाठी र गुरुहरूको नजरमा सम्मानको पात्र हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,