‘आफूहरूले चाहेर पनि मान दिन सकिन भनेर बिरादरीमा साखुल्य भैरहने मौका गृहमन्त्री र प्रधानमन्त्रीलाई मिलेको छ’



जेपी गुप्ता ।
पूर्वराजा ज्ञानेन्द्र शाह गद्दीनसिन रहँदा तानाशाह भए। यिनलाई राजाबाट हटाउन जनआन्दोलन नै भयो। कयौं आन्दोलनकारीहरू मारिए। हजारौंलाई यिनले थुने । न्यायालय दरबारका ताबेदार भयो। राजनीतिज्ञहरूलाई अपमानित गरियो। सूर्यनाथ उपाध्याय जस्ता संवैधानिक अंगका प्रमुखहरू गुलाम भए। यिनले संसदीय प्रजातन्त्रको हुर्मत लिए र अन्ततः लांछित भई पद त्याग गरे।

यस्तो असत्ती मनोवृतिका पूर्व राजालाई पूर्वराष्ट्रपति सरहको मर्यादाक्रममा राख्ने असंगत प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको थियो। यो छलपूर्ण कदम थियो। मन्त्रिपरिषदको कार्य व्यवस्था सम्बन्धि ऐन र नियमावली अनुसार मन्त्रिपरिषदमा जाने यस्तो प्रस्तावले लामो प्रकृया पुरा गर्नुपर्दछ । मन्त्रिपरिषद सचिवालय, जो प्रधानमन्त्रीको मातहत हुन्छ–उसको सहमति बेगर यस्तो प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पुग्नै सक्दैन। फेरि प्रधानमन्त्रीको स्वीकृति बिना फलानो दिनको बैठकमा यस्ता प्रस्तावहरू निर्णयार्थ राखिदैन । चलन यही हो, आज पर्यन्त चलेको। तर रमाईलो भयो। ज्ञानेन्द्र शाहलाई गृहमन्त्री र प्रधानमन्त्रीले मुर्ख बनाए।

पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वराष्ट्रपति सरहको मर्यादाक्रममा राख्ने गृहको प्रस्ताव मन्त्रिपरिषदले अस्वीकार गर्यो । गृहले पठाउने, मन्त्रिपरिषदले अस्वीकार गर्ने कुरा अभद्र नाटक भएपनि यस निर्णयबाट संसारभरका क्रान्तिहरूले माफ नगर्ने प्रवृतिलाई तत्काल दुरूत्साहन नगर्ने काम भएको छ। सरकार कलंकबाट जोगियो । पूर्वराजालाई इतिहासको अपराध बोध जान्ने मौका मिलेको छ । ज्ञानेन्द्र शाहलाई सामान्य जनता बन्ने एउटा अत्यन्त गर्विलो मौका यसबाट मिलेको छ । अनि, कुनै समय गद्दीमा बस्दैमा गद्दीनसिन भैकनै मर्न पाउनु पर्ने प्रारब्ध रूसका रोमानोभ जारलाई प्राप्त भएन । इरानका शाहलाई र धेरै अघि अटोमन शाहीले पनि भोग गर्न पाएन–यस सत्यको ज्ञान ज्ञानेन्द्र शाहलाई मिल्ने उद्भट मौका मिलेको छ। जे होस्, ठकुरी बाबु साहेबहरूको संगतिमा ज्ञानेन्द्र बाबु साहेबलाई आफूहरूले चाहेर पनि मान दिन सकिन भनेर बिरादरीमा साखुल्य भैरहने मौका गृहमन्त्री र प्रधानमन्त्रीलाई मिलेको छ।

कुरो गलत भएपनि उहिले उहिले भनिन्थ्यो कि “मरेको मधेसीले पनि जीऊदोँ पहाडेलाई ठग्छ।” अब ज्ञानेन्द्र शाहले बुझ्नु पर्ने भयो, सत्ताबाट बाहिर रहेका बाबु साहेबहरूले सत्ता हाक्ने मौका पाए भने सदाका दरबारिया भन्दा सातगुणा बढी चलाख सत्ताबाज हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।