‘विचारहीन भिडतन्त्र’ नेपाली राजनीतिको विकल्प बन्ने कसरत गरिरहेको छ



डा. युवराज संग्रौला। 
फलामका खम्बामा खिया लाग्यो र घर लड्न लाग्यो भने, ढोडका खम्बाले घर सुरक्षित पार्छु भन्नेको जमातले जनमत गर्ने एउटा समाज छ, त्यो हो नेपाली समाज । अहिले राजनीतिमा विचारधारा र राजनीति नैतिकतामा आएको ह्रासले लोकतन्त्र कोमामा पुगेको छ । जब राजनीति विचारधाराबिहीन बन्छ, राज्यको शासन व्यवस्थामा एउटा खाडल सिर्जना हुन्छ। त्यो खाडललाइ ‘राजनीति अराजकता’ भनिन्छ।

१. जब राजनीति अराजकताको सिर्जना हुन्छ, एकखालका मानिसका लागी यो सत्तामा पस्ने अवसर बन्छ। सन् १९१२ पछि, चीनमा यो अराजकताको फाइदा युद्ध सरदारहरुले लिएका थिए। भारतमा यो अवसरको लाभ साम्प्रदायिक समूहले लिइरहेको छ। नेपालमा माफियाहरु अग्रसर भैरहेका छन् । उनीहरुकोको एउटा रमाइलो रणनीति हुन्छ। ‘पहिला समाजमा लोकप्रियता कमाएका व्यक्तिलाई उनीहरु छदम् रुपमा सहयोग गर्छन्, पुरानो व्यवस्थालाई भत्काउँछन् । अनि, आफैं राजनीतिक सत्ता आफ्ना हातमा लिन्छन् ।’ अहिलेको स्वतन्त्रको बाढीको यथार्थता पनि यही हो। मद्रासको राजनीति, फिलिपिन्सको राजनीति, कङ्गो, केन्या, ब्राजिलका राजनीतिको इतिहास हेरे हुन्छ।

२. खोक्रो राजनीतिलाई, भ्रष्ट राजनीतिलाई विचार र रणनीतिले निर्देशित गरेको राजनीतिले मात्र भरपर्दो ढंगले प्रतिस्थापन गर्छ। यसले मात्र राजनीतिक अराजकताको खाडल पुर्छ। नेपाली समाजमा सोच्नेहरुले यस यथार्थलाई बुझ्न सकिरहेका छैनन् । त्यसैले “बिचारहीन भिडतन्त्र“ नेपाली राजनीतिको विकल्प बन्ने कसरत गरिरहेको छ। आम जनता वर्तमान पार्टीका मानिसलाई मतदान गर्न चाहँदैनन् । उनीहरु राजनीतिक दलका नेतालाई चुनौती दिनेलाई मतदान गर्न चाहन्छन् । तर जनता के हेर्दैनन भने“ विचार राजनीतिको इन्जिन हो र रणनीति इन्जिनको शक्ति चक्कामा स्थनान्तरण गर्ने माध्यम ।

३. राजनीतिक मूलधारको सिर्जना अब विकल्प हो । अब नेपालको उन्नति कसरी गर्न सकिन्छ भन्ने विचार निर्माण हुन सकेन भने नेपाल अराजक समाजको क्यान्सरले मर्ने छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)