संसारभरीको सैन्य कूटनीतिको अभ्यासबारे जानकार कुनै प्रधानसेनापतिले यसरी पत्र लेख्छन् ?



केशवप्रसाद भट्टराई ।
१. बडामहाराज पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण अभियानकै क्रममा अस्तित्वमा आएको सेना ? त्यो सेना त धेरै अघि इतिहासको. गर्भमा समेटिइसक्यो !

२. त्यसपछि के भयो थाहा भएन, एउटा सेनाको सन्दर्भ आउँछ र त्यसको बारेमा भारतीय विदेश सचिव श्याम सरण लिखित ’हाउ इण्डिया सीज दी वर्ल्ड’ नामको पुस्तकको १५९–१६० पृष्ठमा उल्लेख भएअनुसार त्यो सेनाले उनी समक्ष एक किसमले आत्मसमर्पण गरेको प्रष्ट हुन्छ !
षड्यन्त्रपूर्ण साँठगाँठ गरेको देखिन्छ ।
आफ्नो परमाधिपतिको नेतृत्वको वैधानिक सरकार विरूद्ध (राजाको प्रतक्ष र सक्रिय शासन संविधान अनुसार थियो –थिएन त्यो अर्को कुरा हो । तर उक्त शासनको वैधतालाई मुलुक भित्रका शक्तिहरु र अन्तर्राष्ट्रिय समुदायले चुनौती दिएका थिएनन् )एक विदेशी अधिकारीसँगको त्यो षड्यन्त्रपूर्ण साँठगाँठलाई नेपालको र विश्वको सैनिक इतिहासले कसरी बुझ्छ होला ?

. पूर्व प्रहरीमहानिरीक्षक अच्युतकृष्ण खरेल लिखित आत्मकथामा धेरै ठाउँमा त्यो सेनाको वर्णन छ–माओवादीबाट आमजनता र प्रहरी भकाभक मारिंदा, सोत्र्यान पारिँदा देख्या नदेख्यै गर्ने सेना ।माओवादीले गाउँगाउँमा मानिस मार्दै, शरणार्थी बनाएर धपाउँदै गर्दा काङ्ग्रेसको कुशासनको परिणाम हो माओवादी विद्रोह भन्ने पनि थिए त्यो सेनाको एक प्रधानसेनापति । जनता र प्रहरी मारिएको त हेरेर नै बसे, आफ्ना परमाधिपति मारिँदा पनि नारायणहिंटी राजदरवारको सुरक्षा भद्रकालीमा मूल अड्डा भएको सेनाको जिम्मेवारी होइन भन्ने पनि वहालवाला प्रधानसेनापति थिए नेपालमा ।

४. प्रधानसेनापतिद्वय रुक्माङ्गद कटवाल र छत्रमान गुरूङ आफैंले पनि आफ्नो मातहतको सेनाको परिचय दिएका छन् ।

५. अहिले एउटा विवादित पत्रको कुरा आयो !

देश विदेशमा उच्च अध्ययन र तालिम लिएका, संसारभरीको सैन्य कूटनीतिको अभ्यासबारे जानकार कुनै प्रधानसेनापतिले कहिले एक किसिमको लेटर प्याडमा कहिले अर्को किसिमको लेटर प्याडमा कुनै कूटनीतिक वा. राजनीतिक निकायमा पत्राचार गर्ने अभ्यास कुनै नागरिक शासन अन्तर्गतको सेनामा होला ? न जानेर यस्तो हुन्छ ?

साँच्चै पर्दा राजाको काम पनि आएनन् र जनताको पनि । बाढी, पहिरो, भूकम्प र अन्य प्राकृतिक प्रकोपमा त सहयोग गर्न विदेशी सेना पनि आउने रहेछन् । बाटो–घाटो बनाउन, स्कूल–अस्पताल खोल्न चलाउन, व्यापार व्यवसाय गर्न र बन पालेको काम गर्न त अन्य व्यवस्था पनि होला । लेबनान, कंगो वा हैटी जस्ता विदेशी मुलुकमा गएर काम गरेर विदेशी मुद्रा आर्जन गर्ने त अरू लाखौं नेपाली छन् साप –जसको लागि राज्यले सुको खर्च गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सत्ता गठबन्धनमा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार मानेर सिट बाँडफाँट हुने

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँटको

संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या नपुग्नु दुःखदः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न

नागरिकता विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले पठाएको पत्र संसद सचिवालयमा(पत्रसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको