राजनीतिमा सुधार ल्याउने बालेनको सोच



जेपी गुप्ता ।
स्थानीय निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकामा मूलतः चार जना स्वतन्त्र उम्मेदवारको चर्चा छ। काठमांडू, जनकपुर, धनगढी र धरानको। जनकपुर र धनगढीका स्वतन्त्र उम्मेदवार रहेकाहरू त्यस स्थानका चर्चित व्यक्तिहरू हुन् । उनीहरू आ–आफू संलग्न रहेका दलहरूबाट टिकटको अपेक्षा गरेका थिए, नदिईए पछि ठूलो संगठनात्मक संरचनाको एकहदको सहयोग पाए। यसर्थ, उनिहरू कानूनी रूपबाट मात्र स्वतन्त्र देखिएका हुन्। दलहरूबाट बिद्रोही उम्मेदवार भए।

वास्तविक स्वतन्त्र र दलहरूको बिरोधको सामना गरेर उम्मेदवार भएका त बालेन शाह र धरानका हर्क साम्पाड. मात्र हुन्। बालेनलाई मैले तस्वीरमा बाहेक देखेको छैन। हर्कलाई भने धरानको एक चोकमा तीनपांग्रे टेम्पूमा माईक लगाई बोल्दै गरेको देखे सुनेको हुँ।
राजधानी महानगरपालिकामा अन्य सबै उम्मेदवारलाई पछाडी पारेका बालेनको सर्वाधिक चर्चा हुनु स्वभाविक नै हो। यता मधेस तिरपनि उनको ठूलो चर्चा छ। केहीले सामाजिक संजालमा मधेसी मूलका भनि लेखिरहेका छन्। यसो लेख्नु ठिक होइन। यो मपाइँको कुरो हो। बालेनले आफू मधेसी भएको कही भनेको छैन। मधेसी भनिएर न्यारेशन अन्यत्र मोडिन्छ भनी पुरै सचेतता अपनाएको देखियो। पुरै प्रचार अभियानका दौरान उनले राष्ट्रिय ध्वजलाई समाई रहें। एमालेका केशव स्थापितले मधेसी नभनिन्जेलसम्म शायदै कसैलाई उनि मधेसी परिवारसंग जोडिएको थाहा पनि थिएन होला। यसर्थ, यस्तो मधेसी पहाडी भनी बालेनको चर्चा गर्नु हुन्न।

अहिले केहीले बालेनले पाएको मतलाई बिरोधको भोट वा “नो भोट” भनेका छन्। यो त झनै गलत कुरो हो। नेपालको कूल जनसंख्यामा १५–२५ उमेर समुहको जनसंख्या भाग लगभग चालीस प्रतिशत रहेको छ। यस मध्ये मतदाता हुन योग्य उमेर समुहको संख्यालाई आँकलन गर्दा लगभग यति नै भोट बालेनले पाएको देखिन्छ। बालेनलाई मत दिने युवा समुह पढेलेखेका उच्च शिक्षित देखिन्छ। यस्ता युवाहरू हामी सबैको परिवारमा छन् र हामीले आफ्ना यस्ता शिक्षित सन्तानहरूमा गर्व गरिरहेका हुन्छौ। उनीहरूका नयाँ बिचारहरूलाई, बिद्रोही चेतलाई बडो ध्यानले सुनि रहेका हुन्छौ। यिनीहरूले उपयोग गरेको ‘मत’ किमार्थ पनि नकारात्मक भोट होईन। ‘नो भोट’ होईन। जहाँ नो भोटको चलन छ, तेहाँ नो भोटले परिणाम दिदैन। उदेक वा अरूहरूको अयोग्यताको सन्देश मात्र दिइरहेको हुन्छ। बालेनले पाएको मत त्यस्तो प्रकृतिको होइन। बालेनका मतदाताहरूले सार्थक रूपमा मतको शक्तिलाई उपयोग गरेको हो। बालेन स्वयं तथा उनका प्रचारकहरूले कही पनि धार्मिक कुरो, संघीयताको बिरोध, पूर्वराजाको पक्षपोषण, बैदेशिक विवाद जस्ता कुराहरू उठाएका छैनन् यसर्थ, वरिष्ठ पत्रकार किशोर नेपालले लगाएको आक्षेप ठिक ठहर्दैन ।

बालेनका बारेमा मैले तीनवटा कुरालाई बढी ध्यानमा राखेको छु। पहिलो, उनि लोकप्रिय र्याप गायक हुन्। युवाहरूका बीच अत्यन्त लोकप्रिय छन् । र उनले गाएका लगभग सबै गीतहरू शासकीय बेथितीको बिरूद्धमा गाइएको छ। यो हिजोका प्रगतिवादी गीत वा क्रान्तिकारी गीतको बिकल्पको नयाँ पुस्ताले रूचाएको समानान्तर धार यही हो। यसले उनलाई चर्चित बनाएको थियो।

दोस्रो कुरा, आजका धेरै युवाहरूले राजनीतिलाई फोहरी खेल भन्ने गरेको जस्तो उनले कहिल्यै भनेनन्। मत प्रणालीको बिरोध गरेर उनले नेपालका मण्डले सोचलाई हौस्याएनन्। बरू मतलाई उपयोग गरी बेथितीको शासनमा रूपान्तरण गर्न सकिन्छ भने दृढता उनमा देखियो। राजनीतिमा सुधार ल्याउनु छ भने राजनीतिलाई नै माध्यम बनाउन सकिन्छ–यो सोच मैले पाएँ।

तेस्रो कुरा, उनको प्रवेशलाई संयोग भन्न मिल्दैन। उनले योजनावद्ध रूपमा काम गरेको हुन्। यस निम्ति दुईवटा उद्धरण दिन चाहन्छु। भरखरै वि.स. २०७४ को निर्वाचन ताका उनले लेखेका एक ट्वीट पुनः चर्चामा आयो,देखियो। यसमा उनले अर्को निर्वाचनमा स्वयंलाई नै भोट हाल्ने भनेका छन्। यसबाट उनको तयारी तथा सोच बुझिन्छ। अर्को, यौटा अर्को तस्वीर सामाजिक संजालमा देखियो। यस तस्वीरमा बालेन शाह आफ्ना टिमका साथ राष्ट्रपति भवन शितल निवासमा देखिन्छन् जहाँ उनले राष्ट्रपतिलाई राजधानीको खानेपानी समस्याको समाधानका उपायहरू ब्रिफिंग गरिरहेको देखिन्छ। यस्तै लेखिएको छ तस्वीरको क्याप्सनमा। यी दुई कुराले जनाउँछ कि काठमांडू महानगरपालिका पहिल्यै देखि उनको नजरमा रहेको हो। यो उम्मेदवारी फगत संयोग होईन। योजना नै हो।

यस्तै धरान उप महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार(यो लेखुन्जेल निर्वाचित भैसकेको) हर्क साम्पाड. को उम्मेदवारी संयोग हैन। धरानमा विद्यमान अनेकन बेथितिहरूका बिरूद्ध उनको सचेतनाको वा खबरदारी अभियानका कारण हर्क साम्पाड. चर्चित रहेका हुन।
व्यक्तिगत रूपमा उनि एक सुपरिचित क्रान्तिकारी गायक एवं गीतकार पनि हुन्। काठमांडूका ठूलो प्रेक्षागारहरूमा नाम चलेका अवार्डहरू नपाएपनि उनि हिजोका दिनमा अदृश्य रहेका मानिस होईनन्। उनका गीतहरू धेरैले सुनेका थिएनन्। तर, आज उनको बिजयी व्यक्तित्वको खोज पडताल गर्ने क्रममा उनका गीतको भावार्थ थाहा हुन्छ। उनि परिवर्तनका पक्षधर लोकपाल देखिन्छन्।
मरेको मान्छे सडेको बस्ती
भ्रष्ट र दुष्टको शासन छ मस्ती
सिनोको टुक्रामा झिँगा रमाउछन्
गिद्ध र हुडाँरको छ लुछाचुडी
देशको माया के लाग्दो रैछ र
पार्टी कै भक्ति र भाव ठूलो
हिमाल झरोस् कि सीमा सरोस्
बस्ती जलाउदै बगाउँछन् धुलो
लोकतन्त्र भन्दै दासत्व भित्र
झण्डाले आखाँ छोरेर हेर्छन्
सही र गलत थाहा हुन्न केही
जे देख्न लगायो तेही देख्छन्‘..
चुनाव अभियान कै दौरान हर्कले यो गीत लेखेर धराने जनतालाई सुनाए। यस गीतका शब्दहरूले नै वर्तमानको बिरूद्ध उनको चेत तथा प्रतिवद्धतालाई जनाउँछ। धरान शुरू देखिनै प्रगतिवादी गीतहरू गाईने र मन पराईने शहर हो। बिसंगतिहरूका बिरूद्ध एक्लो संघर्ष, संघर्षका लागि एक्लै जनताका बीच पुग्नु र रोषलाई लयमा अभिव्यक्ति दिनु–हर्क साम्पाड.ले यसरी सत्तालाई पछारेका छन्।

यस पटकको स्थानीय निर्वाचनका बालेन र हर्क प्रतिनिधि पात्रहरू हुन्। हर्क चुनाव जिते, बालेनको अग्रता छ। तर, परिणाम आउन बाँकी छ। तर सन्देश स्पष्ट छ–दैलोमा संकट आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार