हतियारको व्यापार



डा. गोविन्दशरण उपाध्याय ।
१. युद्धले नित्याउने विनाशनै हो चाहे जुनसुकै अवस्थामा त्यो आरम्भ भएको हो । अहिले युक्रेन र रसियाकाबिच युद्ध चलिरहेको छ । वाहिर देख्दा र सुन्दा यो युद्ध युक्रेन र रसीयाविच देखिए तापनि अमेरिका,युरोपियन युनियनले युक्रेनको काँधमा बन्दुक राखेर रूससंग प्रोक्सी युद्ध लड्दै छन् । युद्ध जतिधेरै लम्बिंदै छ, अमेरिकाको फेवर प्राप्त गर्न रसिया विरुद्ध मतदान गरेरका राष्ट्रहरू आफ्नो पुन्पुरो समातेर बस्दैछन् ।

२. युद्ध आरम्भ भएको अढाईमहिना नाघ्न थाल्यो । युक्रेन तहसनहस भैसकेको छ । अमेरिकाले नयाँनयाँ कानुन पास गरेर युक्रेनलाई हतियार सहयोग उपलब्ध गराउने निर्णय गर्दैछ भने युरोपियन युनियनका धेरैजसो सदस्यहरूले युक्रेनलाई प्रत्यक्ष रूपमा हतियार सहयोग गरिरहेका छन् । त्यैपनि नेपालमा रहेका अमेरिकी भक्तहरू पुटिनलाई नै दोष दिइरहेका छन् ।

३, युद्ध आरम्भ भएपछि विश्वमा अमेरिकी हतियार कम्पनिहरूको शेयर पांचशय गुणाले बढेको छ । युरोपेलीहरूले धमाधम अमेरिकी कम्पनीहरूसंग हतियार किन्ने सम्झौता गरिरहेका छन् । सन् २०२०–२१ मा अमेरिकी अर्थतन्त्रको विस्तार १.३% थियो भने युद्ध आरम्भ भएपछि यो बढेर ३.७ मा उकालो लागेको छ । अमेरिकाले यो अवसरलाई कमसेकम चाइनासरह (७.२%) पुर्याउने लक्ष लिएको छ ्र अमेरिकासंग आफ्नो अर्थतन्त्रलाई बलियो बानाउने अर्को कुनै उपाय छैन ।

४. नेपालका प्रधानमन्त्री शेरवहादुर देउवा अमेरिकन लविका व्यक्ति हुन् भन्ने हल्ला जनताकाबीचमा लुकेको थिएन तर राजा वीरेन्द्रले आरम्भ गरेको असंग्लन नीतिलाई तिलान्जली दिंदै अमेरिकासंग संग्लग्न देखाए । भारत र चीनले नेपालमाथि युक्रेनमा झैं आक्रमण गर्न नसकोस् भनेर देउवाले अमेरिकाको साथ दिएका हुन् भन्ने एकथरिको भनाई छ तर चाइना अथवा भारतले यस्तो हर्कत गर्न खोजेमा अर्को बलियो छिमेकी हामीसँग छ भन्ने तत्थ्यचाहिं देउवाले विर्सेका हुन् ।

५. मैले युक्रेनमाथि आक्रमण गरेर पुटिनले ठीक गरे भन्दिन तर अमेरिका र युरोपियन युनियनले युक्रेनमा हतियार पठाएर “ठीक“ गरिरहेका छन् भन्ने अमेरिकी लविका एजेन्टहरूले बामपन्थि भएकै कारण अमेरिकीहरूले आठलाख इन्डोनेशियालीहरूको निर्ममतापूर्वक हत्या गराएको, परमाणु बम बनाएको भन्दै इराकलाई ध्वस्त बनाएको र डेमोक्रसीका नाममा विश्वको कुनै देशमा पनि हस्तक्षेप गर्ने अमेरिकी नीतिलाई सबैले बूझ पचाएका छन् ।

६. नेपालमा रहेका धेरैजसो अमेरिकी भक्तहरू “अमेरिकी दुतावासले भिजा नदेला“ भन्ने डरत्रास र अमेरिका पक्षीय लेखहरू प्रकाशित गरेर अमेरिकी कृपाप्राप्त गर्ने प्रयत्न गरिरहेका हुन्छन् । अमेरिकाले रसियाउपर अनेकौं प्रतिवन्ध लगाउनुलाई मैले गलत ठान्दिन तर राष्ट्रसङ्घीय सम्झौताहरूको उलंघन गर्दै हतियार नै दिनु भनेको मानवता विरुद्धको युद्ध अपराध हो । रसियाले युद्धको अपराध गरिरहेको छ भन्दै अमेरिकीहरूले युरोपेलीसंग गठबन्धन गरेर झन् ठूलो युद्धअपराध गरिरहेका छन् ।

७. आज अमेरिका सबैको प्रिय गन्तव्य बनेको छ भने सबैभन्दा बढी आलोचना गरिने राष्ट्र पनि अमेरिका नै हो । जसरी भारत नेपाली समाजको तीर्थयात्रा गर्ने ठाउँ हो त्यसरी नै आलोचना पनि भारतकै हुन्छ । अमेरिकाले प्रजातन्त्र, लोकतन्त्र तथा समाजवादका विषयमा अमेरिकाका आफ्नै परिभाषा छन् । यदि विश्वको कुनै राष्ट्रका जनताले अमेरिकी–प्रतिमान विरुद्ध प्रजातन्त्र स्थापित वा अभ्यास गरिन्छ भने अमेरिकालाई पच्दैन । युरोपेली र अमेरिकीहरूका लागि लोकतन्त्र, प्रजातन्त्र उनका अनुकुल हुनैपर्छ । नत्र हाल होंडूरसका विगतका राष्ट्रपति अमेरिकी जेलमा बन्द हुँदैनथे ।

८. मेरो विचारमा अव विश्वका स्वतन्त्रराष्ट्रहरूले प्रजातन्त्रको आभ्यास आफ्नै ढंगले गर्नेदिशातिर उन्मुख हुने अवस्था आएको छ । अमेरिकी प्रजातन्त्र अमेरिकालाई राम्रो रह्यो किनभने त्यो विकसित छ तर अमेरिकी मोडेलको प्रजातन्त्र नेपाललाई फापेन । यस्ता विश्वमा धेरै देशहरू छन् । हरेक देशले आफ्नो मौलिक प्रजातन्त्रको अभ्यास गर्नेतिर कदम बढाउनुपर्छ । प्रजातन्त्रका नाममा आफ्नो मोडेलको प्रजातन्त्र लाद्ने अमेरिकीहरूलाई अस्वीकार गर्नुपर्छ ।

९. रूस, भारत तथा चीनलाई अमेरिकाले सधैं आफ्नो मोडेलको प्रजातन्त्रमा हिड्न बाध्य पार्न चाहेको तत्थ्य विश्व राजनीतिमा लुकेको छैन । अब चीन, भारत र रूसजस्ता राष्ट्रहरू एकठाउँमा मित्रतापूर्ण अवस्था र व्यबस्थामा उभिनु आवश्यक छ । अमेरिकी मोडेलले यस्तो मित्रता चाहन्न ।

१०. आफूलाई अन्य विश्वका मान्छेका तुलनामा बढी बुद्धि भएको, प्रगतिशील, विज्ञानमा आगाडी ठान्ने युरोपेली र अमेरिकाबाट विश्वका दुईवटा विश्वयुद्ध आरम्भ भएका थिए र करोडौं मान्छेको हत्या भएको थियो । यी हत्यामा नेपाली र भारतीयहरूलाई समेत अंग्रेजहरूले प्रयोग गरेका थिए । विश्वलाई ध्वस्त पार्ने हतियार निर्माण गरेर मात्र विश्वमा शान्ति स्थापित हुन्छ भन्ने मूर्खतापूर्ण सिद्धान्तका आधारमा विश्वका राष्ट्रहरूलाई एकआपसमा लड्न र आत्मरक्षाको नाममा हरियार किन्न पनि यिनै “विकशित राष्ट्र“हरूले सिकाएका हुन् । आजको विश्व यिनै विकसित राष्ट्रहरूबाट सबैभन्दा असुरक्षित छ ।

११. विश्वको पहिलो अणु बम अमेरिकाले जापानमा पड्काएर मानवता र प्रकृति विरुद्धको आपराध आरम्भ गरेको हो । आजका मितिमा यी विकसित तथा सभ्य भनिएका राष्ट्रहरूले विभिन्न वहाना गरेर विश्वलाई आतंकित पार्ने काम गरिरहेका छन् । ३ करोड मान्छे मारिएको प्रथम विश्वयुद्ध होस् वा ७ करोड मान्छे मारिएको दोस्रो विश्वयुद्ध दूवैको आरम्भकर्ता यिनै विकसित, बुद्धिमान र विश्वलाई सभ्य बनाउने ठेक्का लिएका “गोरा“ नै थिए । अमेरिका र युरोपेलीहरूले शान्तिको कुरा गर्नु विश्वको सबैभन्दा ठूलो झूटो तथा व्यङ्ग्य हो र यो झूटो आश्वासनमा विश्वास गर्नेहरू विश्वका सबैभन्दा मूर्ख मान्छे हुन् कि उनीहरूको विचारलाई सहमति दिन पालिएर राखिएका बौद्धिक “कुकुर“ हुन् ।

१२. अमेरिकी, युरोपेली तथा रसियनहरू र तिनका मतियारहरूले शान्तिका लागि लागि होइन अशान्तिका लागि, सुरक्षाका लागि होइन विनाशका लागि तथा निर्माणका लागि होइन विध्वंसका लागि मात्र काम गर्न सक्छन् भन्ने तत्थ्य नबुझ्दा सम्म विश्वमा शान्ति हुँदैन । नेपाल, भारत र चीनले विश्वयुद्धको आरम्भ गरेका थिएनन् र ती विनाशका लागि यी राष्ट्रहरू जिम्मेदार पनि छैनन् । शेरवहादुरको सरकारले तेस्रो बाटो रोज्नुको सट्टा “समर्थन“को बाटो रोजेर नेपाललाई ती पापीहरूको मतियार बनाइदिएकोमा बडो पश्चाताप हुन्छ ।

१३. अस्तिमात्र मैले मेरो घरको इन्सोरेन्सको पैसा बुझाएँ । त्यसमा नयाँ शीर्षक थपिएको रहेछ “आतंकवादको लागि थप १५% रकम ।“ हाम्रो देशमा आतंकवाद छैन तर मजस्ता सर्वसाधारणले आतंकवाद विरुद्धको युद्धका लागि अमेरिकी सरकारलाई पैसा तिर्न बाध्य बनाइएको छ । त्यो पैसा प्रयोग गरेर अमेरिकाले युक्रेनसहित विश्वका अनेकौं देशमा आफ्नो अनुकुलको “प्रजातन्त्र, आफुलाई सपोर्ट गर्ने बौद्धिक दासहरू तथा डलरको प्रभुत्वको“ खेल रच्दैछ । नेपालका राजनीतिज्ञहरूले नेपाललाई युरोपेली–अमेरिकी षड्यन्त्रमा फंसाई सकेको छ । फलतः नेपाली राजनीतिज्ञहरूले युरो–अमेरिकीहितका लागि नेपालीहरूको सजिलैसंग बलिदान दिन सक्छन् र दिएका छन् ।
स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका