मिथिलाको माटोमा…



डा. गोविन्दशरण उपाध्याय ।

मनुष्यको लागि कृषि र अन्नको कतिविध्न महत्व छ भन्ने तत्थ्य सबैले बुझेका छौँ । मान्छे मङ्गलमा पुगोस् वा एन्द्रोमिडामा जीवित रहनका लागि कृषिकर्म गरेर उब्जाएको अन्न लिएर जानैपर्छ । हरेक मान्छेको शरीर अन्नमय छ भनेर कठोपनिषदले घोषणा गरेकै छ ।

राजा जनकको कृषिकर्मबाट सीता प्राप्त भएकी हुन् । सीताको अर्थ फाली हुन्छ । फालीको प्रयोग अन्न रोप्न हुन्छ । कृषिकर्मले सीता अर्थात् प्राणशक्तिको अभिप्राप्ति हुन्छ । सीता प्राणशक्ति (Energy) हुन् । सीताका (अन्न) अभावमा कुनै पनि प्राणधारी जीवत रहन सक्दैन । सच्च्चा आत्मज्ञानीले साधनाद्वारा सीता प्राप्त गर्छन् । जनकले जानकी प्राप्त गरे अर्थात् प्राणशक्ति प्राप्त गरे र आधारभुत प्राणशक्ति प्राप्त हुँदासाथ उनी विदेह भए ।

मिथिला प्रदेश धन्य हो जहाँ ब्रह्मज्ञानी विदेह जनकले विश्वशक्तिरूपा सीता अर्थात् (शक्ति) प्राप्त गरे र मानवमात्रलाई कृषि तथा अन्नको प्राप्ति पनि आध्यात्मिक साक्षात्कार हो भनेर सिकाएर गए । कृषि प्रधान नेपालमा सीताको कति महत्व छ मैले भनिरहनु पर्ने होइन ।

ऋग्वेदमा ४ पटक सीताको प्रयोग भएको छ । वेद समाधि भाषा भएकोले अनन्त शक्ति प्राप्त गर्न र त्यसको संरक्षण गर्न आत्मज्ञान आवश्यक हुन्छ र आत्मज्ञानीले मात्र विश्वचराचरमा व्याप्त रहेको “शक्ति“लाई साक्षात्कार गर्छ । श्रीसीता कृषि, आत्मज्ञान, ब्रहमज्ञान तथा जीवनी शक्ति हुन् । जगतमाता पार्वती पर्वतमा र मिथिलामा श्रीसीताको उदय दूवै शक्तिपात हुन् ।

हामी धन्य छौँ, हाम्रो नेपाल धन्य छ मिथिलाको माटो धन्य छ जसले कृषि’ कार्य गरेर प्राणशक्ति सीतालाई प्राप्त गर्यो र विश्वलाई अन्नम ब्रह्म अर्थात् भौतिक जीवनका लागि अन्न, कृषि र शक्तिसुरक्षणका लागि विदेह भएर हरेक व्यक्तिले आफ्नो र समाजकल्याणका लागि खटिनु पर्ने अमर संदेश दियो ।

विदेह नन्दिनी सीताको जयहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए