भाइ ! मान्छेले जस्तै मीठो बालिस् नि त ?!


चुनिनका लागि गधाले
उम्मेदवारी दिइसकेपछि

गधालाई गोरुले सोध्यो
भाइ !

मान्छेले जस्तै मीठो बालिस् नि त ?!
गधाले भन्यो
चुनावपछि सुन्न आइज !

भाइ !
कसम खाइस् नि त ? !
गधाले भन्यो

अहिले खाएँ
चुनावपछि पचाउँछु ! ! !

अर्जुन पराजुली ।