सिटामोल हुँ म सकिने खाएपछि, बिरामी बचाउन बोलाउनु मलाई !


ताली बजाउन नबोलाउनु मलाई
थाली बजाउन नबोलाउनु मलाई !

घोचो हुँ बाली जोगाउने बारको
बाली बजाउन नबोलाउनु मलाई !

सयपत्र फूलको मालो म होइन
मञ्च सजाउन नबोलाउनु मलाई !

छातीमा देश नहुनेले लेखेको
गाना भजाउन नबोलाउनु मलाई !

तिम्रो लाज छोप्ने न त टालो नै हुँ
इज्जत बचाउन नबोलाउनु मलाई !

छ कि थाहा छैन ? म पाचक होइन
खाएको पचाउन नबोलाउनु मलाई !

सिटामोल हुँ म सकिने खाएपछि
बिरामी बचाउन बोलाउनु मलाई !

अर्जुन पराजुली ।