कात्रोमा खल्ती हाल्नेले भन्छ, कात्रोमा खल्ती हाल्नेसँग बदला लिनुपर्छ….



चुनावमा
चोरेले भन्छ

चोरलाई चुनाव जिताउनु हुँदैन
भ्रष्टाचारीले भन्छ
भ्रष्टाचारीले पानी पिउन पाउनु हुँदैन

कात्रोमा खल्ती हाल्नेले भन्छ
कात्रोमा खल्ती हाल्नेसँग बदला लिनुपर्छ

बलात्कारीले भन्छ
बलात्कारीलाई फाँसी दिनुपर्छ
प्रतिगमनको डँढेलो लाउने डँढेलो व्यपारीले भन्छ

डँढेलो व्यापारीलाई धूलो चटाउनुपर्छ
राष्ट्रियता भन्दै
राष्ट्रि उता गर्नेले भन्छ

देशको माया नगर्नेलाई थानकोट कटाउनुपर्छ
हामी आफ्नु आँखामा
उनीहरुको लँगौटीको पट्टी लाउँछौं र,

पट्टीको पछिपछि ताली लाउँछौं
आफ्नु मुखमा घाँसको बोट हाल्छौं, र
उनीहरुको चुनाव चिन्हमा भोट हाल्छौं !!!

अर्जुन पराजुली ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण

यी हुन् ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपी

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११