कात्रोमा खल्ती हाल्नेले भन्छ, कात्रोमा खल्ती हाल्नेसँग बदला लिनुपर्छ….



चुनावमा
चोरेले भन्छ

चोरलाई चुनाव जिताउनु हुँदैन
भ्रष्टाचारीले भन्छ
भ्रष्टाचारीले पानी पिउन पाउनु हुँदैन

कात्रोमा खल्ती हाल्नेले भन्छ
कात्रोमा खल्ती हाल्नेसँग बदला लिनुपर्छ

बलात्कारीले भन्छ
बलात्कारीलाई फाँसी दिनुपर्छ
प्रतिगमनको डँढेलो लाउने डँढेलो व्यपारीले भन्छ

डँढेलो व्यापारीलाई धूलो चटाउनुपर्छ
राष्ट्रियता भन्दै
राष्ट्रि उता गर्नेले भन्छ

देशको माया नगर्नेलाई थानकोट कटाउनुपर्छ
हामी आफ्नु आँखामा
उनीहरुको लँगौटीको पट्टी लाउँछौं र,

पट्टीको पछिपछि ताली लाउँछौं
आफ्नु मुखमा घाँसको बोट हाल्छौं, र
उनीहरुको चुनाव चिन्हमा भोट हाल्छौं !!!

अर्जुन पराजुली ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभाले बिजनेस पाउन सकेनः अध्यक्ष दाहाल

चितवन। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन्। बिहीबार चितवनको भरतपुरमा

अनेरास्ववियुले भन्यो-लिपुलेकका विषयमा भारत र चीनबीच सहमति हुँदा नेपाल सरकार बेखबर रहनु गम्भीर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारत र चीनबीच दार्चुलाको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सिचुवान एयरकै भर(भिडियो)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु

माओको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओत्सेतुङको विचार र प्रयोगबाट