देउवाले भाजपा कार्यालयमा गएर नेतृत्वसँग गरेको भेटवार्तालाई यथार्थवादी कूटनीतिकै रूपमा बुझ्नुपर्दछ



केशवप्रसाद भट्टराई ।
१. शेरबहादुर देउवा गृह राजनीतिमा जस्तै परराष्ट्र नीतिमा पनि यथार्थवादी राजनीतिज्ञ हुन् । वर्तमानमा भारतीय राजनीतिको केन्द्र भारतीय जनता पार्टी हो । आगामी केही वर्षसम्म यो स्थितिमा परिवर्तनको सम्भावना देखिन्न ।

२. त्यसैले भारत भ्रमणको अवसरमा भाजपा कार्यालयमा गएर भाजपा अध्यक्ष लगायतका नेतृत्वसँगको भेटवार्तालाई यथार्थवादी कूटनीतिकै रूपमा बुझ्नु पर्दछ । नेपालमा जस्तै भारतमा पनि दलहरू सत्ता र शक्तिका केन्द्र हुन् । भाजपा अझ बढी हो । अर्को, वर्तमान भारतीय राजनीति भारतीय सांस्कृतिक राष्ट्रवादद्वारा निर्देशित छ, भारतीय समाजमा त्यसको व्यापक प्रभाव छ । नेपालको राष्ट्रिय हितको सुरक्षा,संवद्र्धन र प्रवद्र्धनकोलागि भारतीय राजनीतिको त्यो चरित्रसँगको निकटताको औचित्यलाई देउवाले आत्मसात गरे । उनको काशी भ्रमण त्यसैको परिणाम हो ।

३. एमसीसीको संसदीय अनुमोदन र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणपछि नेपालको निकट छिमेकी र नेपालको परराष्ट्र नीतिको केन्द्रमा रहेको रहेको मुलुक भारतसँग विश्वास र समझदारीमा रहनु अनिवार्य थियो । त्यसलाई औपचारिक वा राजकीयका कूटनीतिक पदावलीको जामा भिराएर , परिभाषित र अपरिभाषितको वौद्धिक शव्दाडम्बरले थिचिरहनु पनि आवश्यक छैन । स्थानीय तहको निर्वाचन पछि संसदीय निर्वाचन घोषणा भएपछि भारत भ्रमणगर्नु सहज नहुने र भारतसँग एउटा विश्वास र समझदारीको स्थितिमा रहेर आफ्ना कुरा सुनाउनु र उनीहरुका कुरा सुन्नु अनि राष्ट्रिय सरोकारका केही विषयहरूमा सहमति र सम्झौता गर्नु । ती सवै भए । त्यसैले भ्रमण सार्थक रहेको अनुभव हुन्छ । विवाद गर्न र विवाद झिक्न नेपालमा कुनै कारण चाहिन्न त्यसैले विवाद त गरिन्छ नै । सवैभन्दा ठूलो कुरा, यो भ्रमणले दुई मुलुकवीच विद्यमान समस्या र विवादहरूका समाधानसम्बद्ध विभिन्न संरचनाहरूलाई सक्रिय बनाउने स्थिति निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

३९ जिल्लाका एक सय ६५ स्थानमा डढेलो, तत्काल डढेलो नियन्त्रण हुने किसिमको वर्षाको सम्भावना कम

  प्रगति ढकाल, काठमाडौँ ।  देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ

२८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता आफ्नै कीर्तिमान तोड्ने तरखरमा

सिबी अधिकारी, काठमाडौँ  ।सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा