अफ दी रेकर्ड संवाद



केशवप्रसाद भट्टराई ।
१. ‘गरीवी बढ्यो भन्छन् त् नेताज्यू !’
‘बढे के गर्नु त ?’ संविधानमा समाजवाद उन्मुख लेखेकै छौँ । समाजवादलाई पार्टीको मात्रै नभएर राज्यको समेत लक्ष भनेर उल्लेख गरेकै छौँ । गरीवको पक्षमा राम्रा राम्रा भावनात्मक भाषण पनि गरेकै छौँ । पार्टीका सङ्गीतकार –गीतकारहरूलाई गरीवको पक्षमा राम्रा राम्रा गीत बनाउन लगाएर, गाउन लगाएर, रेडियो–टीभीमा घन्काउन लगाएकै छौँ । कविता बनाएका छौँ
लेख रचना लेख्न लगाउने प्रकाशन गराउने गरेकै छौँ । के बाँकी राखेका छौँ भन्नोस् त ?

२. हो केही मूर्खहरू छन् –गरीवी हटाउन गरीवमा लगानी गर्नु पर्छ भन्ने । गरीवको शिक्षा र स्वास्थ्यमा , गरीवको रोजगारीको अवशरमा लगानी गर्नुपर्छ भन्ने । गरीव लक्षित पूर्वाधार विकासमा लगानी गर भन्ने । स्वाँठ हुन् ती ! राज्यले गरीवको पक्षमा लगानी गरे हामी के गर्ने ? हाम्रा औषधि उपचार, सुख–सुविधा , भोग विलाशका साधन गरीवको पक्षमा लगाउने ? अनि हामी हेरेर बस्ने ?

३. हेर्नोस्, जो मन्त्री भयो, सांसद भयो, जो पार्टीको नेतृत्व तहमा पुग्यो, जो स्थानीय तहमा प्रमुख, उप प्रमुख वडा अध्यक्ष भयो, स्थानीय पार्टी तहमा नेतृत्वमा रह्यो – उसको. मात्रै गरीवी. अन्त्य हुँने हाम्रो महान र्क्रान्तिकारी व्यवस्थामा सवैलाई त्यस्तो पदमा लैजान सम्भव भएन । त्यहाँ डार्विनको वैज्ञानिक सिद्धान्त लागू हुने नै भयो । अनि हामी पनि त वैज्ञानिक समाजवाद र साम्यवादका समर्थक विज्ञान विरूद्ध कसरी जानु ?
त्यसैले हुन् दिनोस यस्तै हुने हो । यस्तै भैरहन्छ । विज्ञान सम्मत कुरा हो यो । तपाइँ विज्ञान विरोधी कुरा गर्ने ?

४. राजाहरूको पालामा पनि यही हो ! काङ्ग्रेस, एमाले , माओवादी, मधेशवादी जो भए पनि यही हो । यो हाम्रो राष्ट्रिय चरित्र हो ।

५. अफ दी रेकर्ड एउटा गुह्य कुरो–गरीवहरू हाम्रा राजनीतिका मलखाद हुन् ! हाम्रा राजनीतिका पोषक तत्व हुन् ! एक किसिमले हाम्रा राजनीतिका आहारा हुन् ! ती गरीव छन् –र हामी शक्तिमा , शासनमा छौँ । तिनको नाउमा धनी बन्न पाएका छौँ ! सवै धनी भए , सम्पन्न भए, शिक्षित भए, आत्मनिर्भर भए , को हाम्रा पछाडि लाठी मुङ्ग्री गर्न हिँड्छ ? कसले हाम्रा लागि सडकमा टायर बाल्ने र ढुङ्गा हान्ने गरिदिन्छ ? को विपक्षीसँग भिड्न, अर्कोको टाउको फोर्न र आफ्नो फोरीमाग्न अघि सर्छ ?

उसको गरीवी विरूद्धको लडाईमा धेरथोर टेको मिल्छ कि भन्ने आशाले न हाम्रो पछि लाग्ने हो । उनीहरूले गरीवीलाई जिते, आत्मसम्मान सित बाँच्न सके, लौरो बोकेर हाम्रा पछि नहिड्ने भए भने भने हामी गएनौ गोल्खाडी ? गरीवहरूको गरीवीको पीडाको खुराक नमिले हाम्रो राजनीति मर्छ, राजनीति टुहुरो हुन्छ , हामी राजनीतिक अनाथ हुन्छौँ अनि हामी गरीवीको असह्य पीडा र भार बोकेर बाँच्नु ? अहँ त्यो असम्भव !
गरीवको पक्षमा लगानी गर्ने भन्ने कुरा आफैंमा प्रतिगामी कुरा हो ।

हाम्रा हीत र स्वार्थ विपरितका सबै कुरा प्रतिगामी हुन् । तपाइँ हाम्रो भनेको त– ‘प्रतिगामी हो कि के हो ? तपाइँको प्रश्नमा त प्रतिगमन ह्वास्स गन्हायो त !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने