मन्त्री यादवलाई बर्खास्त गर्न नागरिक अगुवाको अपील



काठमाडौं । नागरिक अगुवाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई तत्काल पदमुक्त गर्न अपील गरेका छन् । शुक्रबार डा. केदारनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले संयुक्त विज्ञप्ति जारी गरी यादवलाई पदमुक्त गर्न अपील गरेका हुन् ।

१५ वर्षअघि भएको गौर हत्याकाण्ड दोहोर्याउने धम्की दिएकी मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने उनीहरूको माग छ । अपीलमा भनिएको छ, ‘मुलुकमा कानूनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ । अतः हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं।’

बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको नामै लिएर गौर हत्याकाण्डमा जस्तै घेरा हालेर ज्यान लिने धम्की दिएकी थिइन्। मन्त्री पदको गरिमालाई नसुहाउने, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने यादव जनउत्तरदायी कुनै पनि पदमा बस्न अयोग्य रहेको नागरिक अगुवाहरूको ठहर छ । २०६३ चैतमा तत्कालीन मधेशी जनअधिकार फोरमको अग्रसरतामा २८ जना माओवादी समर्थकको अनाहकमा ज्यान जाने गरी आक्रमण भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महालेखापरीक्षकमा तोयम रायाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

  काठमाडौँ । संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन

अख्तियारद्वारा डोल्पामा खेल मैदान निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको

आफ्नो पार्टीमा एक लाख २० हजार नयाँ सदस्य थपिएका एकीकृत समाजावदीको दाबी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका