धेरैलाई अपाच्य लाग्ला तर नेपाल र भारत एउटा राष्ट्र र दुई राज्य हुन् !



केशवप्रसाद भट्टराई ।
१. एउटा सभ्य र आफ्नो राष्ट्र र जनताप्रति जिम्मेवार मुलुकले निराशा,कुण्ठा,आग्रह पोखेर, झिँझो र झर्को मानेर आफ्नो. परराष्ट्र नीति कार्यान्वयनगर्ने अधिकार राख्दैन । भूराजनीतिक,भूआर्थिक परिवेश र त्यसले निर्माण गरेको सीमा र वाध्यता भित्रैबाट देशले विदेश नीति संचालन गर्नु पर्दछ । देश पनि देश जसरी चल्नु पर्दछ कुण्ठा पसल जसरी होइन !

२. धेरैलाई अपाच्य लाग्ला तर नेपाल र भारत एउटा राष्ट्र र दुई राज्य हुन् । यो यथार्थलाई दुवै मुलुकको राज्यनीतिमा व्यवस्थापन गर्न नसकुञ्जेल हाम्रो सम्बन्धको स्तर यस्तै हो । समस्या यस्तै हुन् । हामी यस्तै रहने हो । सत्तरी वर्ष भयो थरी थरीका सरकारहरू आए, सवैले आफ्ना सत्ता स्वार्थको लागि यो रूप र त्यो रूपमा भारत सँगको सम्बन्धलाई उपयोग गरिरहे । त्यस्ता व्यक्ति र दलहरूसँग व्यवहारगर्न भारतले पनि सजिलो मान्यो । सवैलाई प्रयोग गर्यो , कसैलाई बाँकी राखेन–राजाहरूदेखि माओवादीसम्म । तर कसैप्रति इमान्दार रहेन । यताका झन् इमान्दार थिएनन् । रहेनन् , छैनन् । सवैले भारतसँग नेपालको सत्ता र सरकार माग्नेगरेका छन् । भाग र अंश माग्ने गरेका छन् । पाएका छन् । पालैपालो पाएका छन् । भारतले राजा, काङ्ग्रेस, एमाले, माओवादी सवैको पालो बाँधिदिएको छ, पालो मिचिदिएको छ । पालो खोसिदिएको छ । जसलाई उसले शासक बनाइदिन्छ –हामीले सलाम गरेकै छौँ । भारतले पालो बाँधिदिन्छ, अनि पालो कटेका वा पालो नआएकाहरू भारत विरोध गर्न थाल्दछन् । मूलरूपमा यही हो नेपालमा भारत विरोधको अन्तर्य । सात साल, सत्र साल, छयालीस, बैसठ्ठी –त्रिसठ्ठी सवै ल्याइदिन्छ , आन्तरिक युद्ध विद्रोह सबै गराइदिन्छ ! । भोलि पनि हुन्छ, हुन सक्छ । भैरहन्छ–राष्ट्र र भूराजनीतिको आवश्यकताले मागेको सम्बन्धको चरित्र दिन सकिएन भने । सरापेर ,चिच्याएर केही हुनेछैन । ठूला शक्तिहरू त्यस्तै हुन् । बाँच्न सिक्ने हो उनीहरूसँग ।

३. प्रजातन्त्र र अग्रगामी भाषामा लोकतन्त्र एउटा महँगो र जटील राजनीतिक प्रणाली हो । यसको अभ्यास गर्न जानिएन, स्वच्छ र सफा दृष्टि र नियतका व्यक्तिहरूले मात्रै प्रवेश पाउने व्यवस्था गर्न सकिएन भने यसले जनता र राष्ट्र दुवैलाई डुबाइदिन्छ । नडुबे पनि देश सधैँगरीव, अराजक ,अन्यौलग्रस्त अनि अस्तव्यस्त । अनि यो महँगो प्रणालीलाई धान्न, राजनीतिमा धानिन महँगो भारत विरोधी राजनीतिक शोख र कुण्ठा ।

४. पहिला लिम्पियाधुरा नेपालको भनेर कुनै पार्टीको गूट विशेषले निर्णय गर्दछ ! अनि सरकार र संसदले निर्णय गर्छ, सरकारले नक्सा जारी गर्छ, अनि प्रमाण खोज्ने र प्रमाण जुटाउने समिति गठन गर्छ नेपाल । कहिले चीन र भारतलाई लिपुलेक त्रिदेशीय विन्दु भनेर दुवै मुलुकलाई नेपाल पत्राचार गर्दछ । केहीपछि लिपुलेक भन्दा धेरै पर लिम्पियाधुरासम्म नेपाल हो भन्छ । कुन मितिमा कहिले कसरी ती भूभाग हाम्रा नियन्त्रणमा रहेनन् ? कहिलेदेखि हामीबाट छुटे ? नक्सामा कहिले कसरी छुटे भनेर देशलाई भन्न सरकारले आवश्यक देखेको छैन । हिजो हामीले आफ्नो नभनेको, आफ्नो नक्सामा न राखेको, अर्को देशको नियन्त्रणमा रहेको , उसको नक्सामा रहेको भूभागलाई कुनै दिन सपनावाट ब्युँझे जस्तो गरेर हाम्रो भन्यौं । हतार हतार नक्सा बनायौँ । त्यतिले लिम्पियाधुरा हाम्रो हुन्छ ? अर्कोले हतार हतार हस् भनेर हामीलाई दिन्छ ? अनि यही हो हाम्रो राष्ट्रवाद ? हामीलाई पनि छाती ठोकेर हाम्रो हो भन्न पाए पुग्यो, हिजो किन र कसरी हाम्रो भएको थाहा पाएनौ त्यो जवाफ आफूसँग र सरकारसँग सोध्न आवश्यक मान्दैनौ । हामीलाई सडकमा उफ्रिन पाए पुग्यो । प्रष्ट छ –सत्ता स्वार्थ आन्तरिक राजनीतिक घात प्रतिघातमा नेपालको भारतसँगको सीमा सवाल गिजोलिएको छ । भारतसँगको समग्र सम्बन्ध पनि त्यसरी नै गिजोलिएको छ ।
५. सामाजिक सञ्जालका टिप्पणी र युट्युब अन्तर्वार्तामा व्यक्त टिप्पणी, झूठ, कुण्ठा र आग्रहहरू, दवाव र चेतावनीहरूले नेपाल भारतको सम्बन्धको चरित्रलाई निर्णय गर्न दिने र कुनै सरकारहरूले सम्बन्धका जायज सवालहरूलाई छुने आँट नै नगरेपछि कसरी नेपाल भारत सम्बन्धले स्वस्थ्य धरातल प्राप्त गर्दछ ?हिजो भारत र चीन विश्व शक्तिसन्तुलनको दृष्टिमा सीमान्त शक्ति थिए । मूख्य शक्ति थिएनन् । त्यो बेलामा सजिलो थियो एक अर्कालाई एक अर्को मुलुकको कार्ड देखाएर राजनीति धान्न । भारतसँग सत्ता राजनीतिको खेलोमा कुरा मिलेन, चीनियाँ कार्ड खेल्यो । भारतसँग कुरा मिल्यो –चीन आउट– तेलपानी एकै पीना बाहिर ! । त्यही गरेका हुन् राजा महेन्द्र र वीरेन्द्रले पनि ! यिनीहरू पनि त्यसै गर्दैछन् ।

६. आज त्यसरी चल्दैन ! भारत र चीन आज विश्व राजनीतिको केन्द्रमा छन् । उनीहरू सीमान्त शक्ति भएको समयमा नेपालको महत्व मूलतः दुई मुलुकलाई मात्रै थियो । उनीहरूवीचको विवाद र द्वन्द्वको स्थितिमा एक अर्कोले वा बाहिरको शक्तिले उनीहरूमध्ये एक वा अर्काको रणनीतिक हित खातिरनै नेपालसँगको सम्बन्धलाई उपयोग गरे । तर आजको परिवेशमा नेपालको महत्व भारत वा चीनसँगको सम्बन्धमा मात्र होइन, भारत र चीनको बढ्दो शक्ति र प्रभावका कारण विश्व राजनीतिका अन्य प्रमुख राष्ट्रहरूमा पर्ने असरहरूका कारण नेपालको महत्व उनीहरूलाई छ । त्यसकारण उनीहरू नेपालमा भूमिकाको खोजीमा छन् । रहन्छन् । त्यसले नेपाललाई असीमित अवशर र सम्भावनाको ढोका पनि खोल्न सक्छ । त्यो अवसर र सम्भावनालाई उचित ढंगबाट बुझ्न र सो अनुरूप नीति अङ्गीकार नसके हामीलाई समयले दिने दण्ड अकल्पनीय हुन जान्छ ।

रोजाई हाम्रै हो । माथि भनिए जस्तै नेपाल र भारतलाई एउटा राष्ट्र र दुई राज्यको रूपमा परिभाषित गर्ने र दीर्घकालसम्म, अलग स्वतन्त्र राज्यको रूपमा नेपालको अस्तित्व रहिरहने नयाँ भाष्य निर्माण गर्नु पर्दछ, सम्बन्धका नयाँ परिभाषा खोज्नुपर्दछ र त्यसलाई व्यवस्थापन गर्ने नयाँ सन्धि गर्नु पर्दछ भारतसँग ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

मानव अधिकार आयोगको सचिवमा खरेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय