राजा पृथ्वीनारायण ३०० वर्षका पुगे……



डा. गोविन्दशरण उपाध्याय ।
राजा पृथ्वीनारायण शाह जन्मेको ३०० सय वितिसकेछ छ भने २७ गते यिनै राजाको जयन्ति मनाउने क्रममा यिनको पक्ष र विपक्षमा “वादविवाद“ भैरहेका छन् । धेरैका लागि राजा पृथ्वीनारायण शाह रोल–मोडेल हुन् भने केहीका लागि यी घृणाका पात्र हुन् । खासगरी नेपाली प्रतिमानहरूलाई विदेशीहरू समक्ष बलिदान दिनुपर्छ भन्नेहरू पृथ्वीनारायण शाहको स्मरण गरिंदा निकै कष्ट पाउँछन् । घृणावाद फैलाउन उनीहरूले बर्षोदेखि गरेका अथक प्रयत्नहरू खेरा जाने देखेर तथा अन्नदाताहरू रिसाएर “दानापानी“ वन्द गरिदेलान् कि भनेर मिडियाहरूलाई हारगुहार गर्छन् ।

राजा पृथ्वीनारायण शाह वर्तमान नेपालका निर्माता हुन् भन्न तथाकथित धर्मनिरपेक्षतावादी राजनैतिक दलहरूका लागि निकै गाह्रो छ । मधेसी, आदिवासी जनजातिहरूको नाममा हालीमुहाली गर्नेहरूले वर्षौंदेखि “राजसंस्था विरुद्ध“ शत्रुतापूर्ण व्यवहार गर्न आइएजिओ तथा तिनका भरौटे एनजीओहरूले प्रशिक्षित गर्दै आएका छन् । राजनैतिक दलहरू पृथ्वीनारायण शाह विरोधी मानसिकता भएका यीनै “एलिट“हरूसँग थर्कायमान देखिन्छ ।

सबैले बुझेको र इतिहासले सिद्ध गरेको तत्थ्य हो कि त्यस बखत नेपालमा मात्र होइन विश्वभरी नै विभिन्न प्रकारका राजतन्त्रहरू थिए । यदि तथाकथित “एलिट र धर्मनिरपेक्षतावादीहरूले“ पृथ्वीनारायण शाहबाट २०७३ को जस्तो संबिधानको अपेक्षा गरेका हुन् भने संसारमा यी भन्दा गएगुज्रेका “विद्वान“हरू कोही हुँदैनन्, यी सबैलाई सधैंको लागि “गोरखादरवारको संग्रहालयमा“ प्रदर्शनीमा राखे हुन्छ । त्यो समयलाई सधैं गालीगलौज गर्ने संसारका सबैभन्दा अचम्मका प्राणी हुन् । विदेशी पैसाले मान्छेलाई कस्तोकस्तो विद्वतता देखाउन प्रेरित गर्छ भन्ने उदाहरण नेपाली समाजले बुझ्न पर्छ ।

तथाकथित शाह विरोधीलाई शाह विरोधी मात्रै ठान्नु गलत हुने छ । शाह त एउटा पात्रमात्र हुन् । शाहसंग जोडिएको पहिचान हिन्दू–सनातन धर्म, नेपाली राष्ट्रियता, नेपाली भाषा, नेपाली मौलिकता, नेपाली इतिहास–संस्कृति तथा नेपाललाई वैश्विक केन्द्र बनाउने विचार – यी सबैको निषेध नै उनीहरूको प्राथमिकतामा पर्छ । पृथ्वीनारायण शाहले नेपालको निर्माण गरेर उनीहरूका दृष्टिकोणमा ठूलो गल्ती गरेका हुन्, नेपाललाई माया गरेर उनले कपुको अपमान गरेका हुन्, मातृभाषालाई महत्व दिएर अंग्रेजीको अपमान गरेका हुन् र देशलाई राष्ट्रमा रुपान्तरित गरेर विखण्डनबाट जोगाएका हुन्, अंग्रेजसंग युद्ध गरेर धर्मनिरपेक्षताको अपमान गरेका हुन्–भन्ने विदेशीले स्थापित गरेको प्रतिमानलाई आत्मसात् गर्नेहरूले सधैं दुखेको गर्ने छन् ।

गौरवका साथ भन्नुपर्छ, तथाकथित क्षुद्र मानसिकता भएका धर्मनिरपेक्षतावादी बाहेक जनताको धकधकीमा नेपालको एकीकरण गरेका पृथ्वीनारायण शाह छन् । राज्यले छुट्टी नदिएर राम्रो गरेको छ किनभने हरेक व्यक्तिले आ–आफ्नो तरिकाले शाहप्रति सम्मान व्यक्त गर्न पाउने छन् र सरकार चलाउने राजनैतिक शक्तिहरूको दोधारे मनस्थिति समेत राम्ररी थाहा पाउने छन् । सरकारले पृथ्वीनारायण शाहको जयन्ति नमाने पनि जनताले मान्ने छन् र मानिआएका पनि हुन् ।

नेपालका राजनैतिक नेताहरूको व्यक्तित्व अचम्मको छ – नाम जनताको तर जनताले निर्मित गरेका प्रतिमानहरूको सधैं उपेक्षा । वर्तमान प्रम तथा विगतका आधि दर्जन प्रमहरू जीवित छन् । निश्चयनै यी सबै विद्वान् छन् र नेपाली मानसिकतासंग परिचित पनि छन् । तर विदेशी प्रभु (यहाँ विदेशी प्रभु भन्नाले विदेशी राष्ट्र र त्यहाँबाट नेपालको राजनीतिलाई संचालन गर्ने वैचारिक जाल बुझ्नुपर्छ) सामु निरीह राजनीतिज्ञबाट स्वदेशको गौरव सजिलो विषय होइन । हिमाली, पहाडी वा मधेशका स्वघोषित अभियन्ताहरू रिसाउलान् भनेर स्वकर्मबाट विमुखहुनेलाई इतिहासले क्षमा गर्ने छैन ।

नेपाली राजनीतिको कुरा गर्दा एउटा तत्थ्य भने बडो अपत्यारिलो छः नेताहरूले जनताको अपेक्षा विरुद्ध र विदेशीको चाहनाअनुरुपको निर्णय गर्छन् । जनताले नेपालको मौलिकतालाई माया गर्छन् साथ दिन्छन् तर भोट दिने क्रममा चाहिं तिनै राजनैतिक पार्टीलाई सत्तामा पुर्याउँछन् जसले सधैंझैं विश्वासघात गर्ने छन् ? नेपाली जनताको यो सोझोपन नेपालीहरूका लागि बडो बोझ हुँदैछ । नेता सुध्रिन्नन्, जनता सुध्रिन जान्दैनन्–राजा पृथ्वीनारायण शाहको जयन्तिका सवालमा पनि यस्तै हुँदैछ । आफुले भोट दिएर जिताएको सरकारले वेवास्ता गर्दागर्दै पनि जनताले “पृथ्वी जयन्ति“ मनाएकै छन् ।

नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ति धूमधामले मनाऔं । अमेरिका, बेलायत, अस्ट्रलियाले “भिजा“ नदेलान् कि भनेर नडराऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार