राजदण्ड र धर्म



डा. गोविन्दशरण उपाध्याय ।

प्राचीनकालमा राज्याभिषेक सकेपछि राजालाई राजदण्ड प्रदान गर्दै राजालाई कानुन बाहिरको तर न्यायको संरक्षकका रूपमा प्रतिज्ञा गराइन्थ्यो तर लगत्तै आचार्यले धर्मदण्डले राजाको शिर स्पर्श गर्दै “धर्म र धार्मिकता“नै राजाको मुख्य निर्णायक हुने प्रतिज्ञा गराउँथे । राज बेनले धर्मपूर्वक न्याय गर्न अटेर गरेपछि ऋषिहरूले उनका छोरा पृथुलाई राजा बनाएका थिए ।

राजदण्ड अर्थात् न्याय व्यवस्था स्वयंमा शक्तिशाली हुन्छ तर त्यसमा सद्गुणहरूको स्वाभाविक स्वीकार्यता रहेन भने राजदण्ड क्रुरतामा परिणित हुन्छ र जघन्य अपराधमा लिप्त हुन्छ । राजदण्डको अर्थ राज्यको न्याय व्यबस्था हो भनेर बुझ्नुपर्छ भने राजाले धर्मको उल्लंघन गर्न मिल्दैन भन्ने विश्वास जनतामा हुनुपर्छ र राजाले पनि सदाचार त्याग्नु हुँदैन । यदि शासक भ्रष्टाचारी छ भने राजदण्डको प्रयोग आफ्नो स्वार्थका लागि हुन्छ ।

धर्मपूर्वक राजदण्डको प्रयोग हुँदा निरङ्कुश नै भए पनि देश, समाज र जनताको भलो हुन्छ, उन्नति हुन्छ तर यदि त्यही राजदण्ड विवेकहीन तवरले प्रयोग भयो भने त्यस्तो निरंकुशताले देश, जनता र प्रकृतिको समेत अहित हुन्छ । राजदण्डको संवाहक राजनीतिको अनर्थ लगेर “छलनीति“मा बुझ्न थलिन्छ । राजदण्डको दुरुपयोग गर्नेहरूले राजनीतिलाई माध्यम बनाएर आफ्नो स्वार्थ पुरा गर्छन् ।

जव शासकहरूले राजदण्डको प्रयोग र उपयोग धर्म–विपरित आफ्नो निजी त् आफन्तको स्वार्थका लागि गर्छन्, राजदण्डबाट जनताको विश्वास हट्छ । न्यायको आसनमा बस्नेहरू अन्यायी हुन्छन् । न्यायदण्ड अर्थात् राजदण्डमा विचलन आएको देश र तेहाका जनता सधैं अशान्त, अनिश्चित तथा तनावग्रस्त रहन्छन् । न्यायकर्ताहरू अन्यायका मतियार बन्छन् र राजदण्ड “न्याय–व्यवसाय“मा रुपान्तरित हुन्छ । एकपटक राजदण्ड “व्यवसायमा“ रुपान्तरित भएपछि “नाफा“ नै धर्म बन्छ ।

राजा, राष्ट्र, राज्य र राजदण्डको अभिन्न सम्वन्ध छ । जसले आफ्नो ज्ञानशक्ति र क्षात्र शक्तिबाट राष्ट्रलाई प्रकाशित गर्छ, त्यही राजा हुन्छ । संस्कृतमा राजा शब्दको उत्पत्ति “राट“बाट हुन्छ भने राष्ट्र, राज्य र राजदण्ड यसै धातुका विभिन्न रुप र अर्थ हुन् । राजा केवल जन्मसिद्ध हुन्छ भन्नु उचित होइन । जसको बौद्धिक शक्ति र सदाचारले राष्ट्रको भलो हुन्छ, उन्नति हुन्छ उही राजा हुन्छ । प्रजातन्त्रमा जनताले चयन गरेर नेतित्वमा पुग्ने पनि राजा नै हुन् किनभने यिनले राजदण्डलाई नियन्त्रित गर्ने क्षमता राख्छन् । सदाचार, इमान्दारी, करुणा, क्षमा, विवेकआदि सबै थोक नेतामा हुनुपर्छ । के नेपाली राजनीतिको नेतृत्वमा यी सदाचार छन् ? प्रश्न हामीले आफैसंग सोध्ने हो ।

धर्म तथा न्यायदण्डको सम्वन्ध विवेकसँग हुन्छ । यदि दण्डधारण गर्ने व्यक्ति विवेकी छ भने सदाचार उसको स्वभाव हुन्छ । न्याय अर्थात् राजदण्ड “व्यवसाय“मा रुपान्तरित हुन पाउँदैन । आजको नेपाली समाज धर्म र धार्मिकता विपरित राजनीति र दण्डनीतिमा पनि व्यवसायी बनेको छ अर्थात् नाफा कमाउने व्यापारी बनेको छ । राजदण्ड न्यायको होइन व्यवसायको संरक्षक बनेको छ । अनि, जनता कसरी सन्तुष्ट रहन सक्छन् ? अब आफ्नै ऋषिकुलले स्थापित गरेको धर्म–न्याय स्वीकार गर्ने वखत आएको छ ।

यदि तपाईंले धर्म र धार्मिकताको अर्थ रिलिजन मान्नुहुन्छ भने अनर्थ हुन्छ ।धर्मका दशवटा केके लक्षण हुन् जान्न मनुस्मृति पढ्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका