अर्को महामारी कोभिडभन्दा निकै घातक हुनसक्ने वैज्ञानिकको चेतावनी



अक्सफर्ड–आस्ट्राजेनेका खोपका एक विकासकर्ताले भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने चेतावनी दिएकी छन् । प्राध्यापक डेम सारा गिलबर्टले महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै बजेट आवश्यक पर्ने बताइन् । उनले ओमिक्रोन भेरियन्टका लागि खोपहरू कम प्रभावकारी हुनसक्ने समेत चेतावनी दिइन् ।

उनले यसबारे थप थाहा नहुँदासम्म मानिसहरू सजग हुनुपर्ने बताइन् । उनले भनिन्, ‘भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन। सत्य के हो भने अर्को निकै खराब हुनसक्छ। त्यो निकै सङ्क्रामक र घातक वा दुवै हुनसक्छ।’ उनले त्यस्तो अवस्था दोहोरिन नदिनका लागि अझै पर्याप्त आर्थिक आधार सहितको तयारी नगरिएको बताइन् । ओमिक्रोन भेरियन्टबारे उनले उत्परिवर्तन भएका स्पाइक प्रोटिनले त्यसको सङ्क्रामक क्षमता उच्च भएको देखाउने बताइन् ।

उनले खोप वा अन्य भेरियन्टले विकास गरेको प्रतिरोधी तत्व ओमिक्रोनबाट बच्न कम प्रभावकारी हुनसक्ने बताइन् । यद्यपि उनले सङ्क्रमण विरुद्धको घट्दो संरक्षण र मध्यम खाले रोगको अर्थ गम्भीर रोग र मृत्युबाट पनि खोपले नबचाउने भन्ने चाहिँ भइनहाल्ने बताइन् । उनले महामारीका बेला छिट्टै खोप र औषधिहरू बनेको प्रगतिलाई एउटा मापदण्डका रूपमा राख्नुपर्ने बताइन् ।

यो वर्षको सुरुमा महारानीको जन्मोत्सव पारेर सम्मानित भएकी डेम साराले चीनमा सुरुवाती भाइरस देखा परेकै समय अर्थात् सन् २०२० को सुरुतिर कोभिड खोप विकास गर्न सुरु गरेकी थिइन् । अक्सफर्ड–आस्ट्राजेनेका खोप अहिले विश्वमा व्यापक प्रयोग हुनेमा पर्छ जुन १७० भन्दा धेरै देशमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा राष्ट्रपति ट्रम्पविरुद्ध प्रदर्शन

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिकोविरुद्धमा हजारौँ नागरिकले प्रदर्शन गरेका छन् ।

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै

उद्घाटन र आश्वासनको मोह

-नारायण गाउँले । देश दुई थरी छ । एकथरी देशमा धूमधामसित ६ लेन

आफूहरुको प्रदर्शन सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन होः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले निर्णय गरेअनुसार नै