प्रेमपूर्ण अत्याचार !



डा. गोविन्दशरण उपाध्याय ।

आफ्नो धर्म, संस्कृति र आफ्ना देवीदेउताप्रति नेपाली समाजको आस्थामा र विश्वास अत्यन्त प्रशंसायोग्य छ । तर धेरै प्रेम गर्नु र त्यो पनि प्रेम गर्ने सहीसही तरिका नजान्दा प्रेमनै दुखान्त बन्न सक्छ । परिवारले लाडे बनाएको बच्चा विग्रन्छ भन्ने हामीबीच चलन नै छ ।

उपरोक्त तत्थ्य हामीले काठमाडौँ वा अन्य ठाउँका देव–देवताका मन्दिरहरूको दर्शन/पर्यटन गर्दा देख्न सक्छौं । फलफुल, प्रसाद र अवीरहरूले देवीदेवताका मूर्तिहरू ढाकेको हुन्छ । अवीरले मूर्तिको शरीर नुहाईको हुन्छ –मानौं सम्पूर्ण शरीर नै निधार हो । मूर्तिको शिर, निधार, घांटी, पेट, खुट्टा र मूर्ति राखिएको आसन समेत अवीरले भरिएको हुन्छ । मानौं, हामी आफ्नो श्रद्धा अवीरका रूपमा देवदेवीको शरीरमा बडो क्रुरतापूर्वक पोखिरहेका हुन्छौं । विचरा, देवमूर्तिहरू बोल्न, प्रतिकार गर्न र अनुरोध गर्न पनि सक्दैनन् ।

श्रद्धा हुनु राम्रो कुरा हो तर यदि हाम्रो प्रेमले कसैको जीवननै सङ्कुचित गर्दैछ भने प्रेम–प्रकट गर्ने तौरतरिका परिवर्तन गर्नुपर्छ । मुर्तिमा घीऊतेल, फुल, फल अर्पण गर्दा मूर्तिलाई हानि हुँदैन तर अवीर दल्दा र मुखमा गुलियो प्रसाद टाँस गर्दा मूर्तिको क्रमशः हत्या हुन्छ । एक पटक सोचौं, के हामी आफ्नो मुखमा खाने कुरा बोकेर हिड्छौं ? के हामी शरीर भरी अवीर दलेर घर बस्छौं ? अहँ, कदापि बस्दैनौं । सम्भवतः मूर्तिलाई आफुसरह राखेर सोच्नु र बोझ्नु जरुरी छ ।

बजारमा पाइने अवीर (त्यो जस्तो सुकै रंगको किन नहोस्) मूर्तिहरुका लागि अत्यन्त हानिकारक हुन्छ ।अवीरमा प्रयोग भएको शीसा, चून र अन्य केमिकलहरूले मूर्तिको प्राकृतिक आयु हरेक दिन १० वर्षले घटाउनछ भन्ने परीक्षणले प्रमाणित गरेको छ ।

यसैगरी गुलियो पदार्थहरू (यहाँ मुखमा कोचिएको पेडाझैं) मूर्तिमा टाँस्दा रासायनिक प्रतिकृया भै मुर्तिका पाप्रा उक्कने प्रमाणित तत्थ्य हो । एकातिर सीसा र चून प्रयोग भएको अवीर अर्कोतिर मुखमा गुलियो पदार्थ टाँसेर “देउता“ खुसी पर्ने परिपाटीले पत्थर मूर्तिको आयु क्षीण भैरहेको छ । अवीर र गुलियो टाँसेका देवताहरू पलपल मरिरहेका छन् । हाम्रो (अबूझ) प्रेमका कारण १ हजार वर्ष चल्ने मूर्तिहरूको आयु १०० वर्षमा सीमित भएको छ ।

त्यसैले, हाम्रा पुर्खाहरूले निर्माण गरेर हाम्रो जिम्मा दिएका देवदेवीका मूर्तिहरूमा अवीर, गुलियो इत्यादि चढाउने कर्मको विकल्प खोजौं । नत्र विश्वको जलवायु परिवर्तनले हिमाल पग्लिएझैं हाम्रो प्रेमले मूर्तिहरू पग्लिएर जाने छन् । अनि, संस्कृति, सभ्यता र स्मृतिचिह्नहरूको हत्याको दोष हामीलाई लाग्ने छ । मैले धेरै भारतीय मन्दिरहरूले अवीर, प्रसाद र अन्य वस्तु अर्पण गर्न छुट्टै भाँडोको व्यबस्था गरिदिएको देखेको छु र फलफुल पनि अर्पण गरेको छु । मूर्तिलाई स्पर्श गर्ने अनुमति भएको ठाउँहरूमा अवीर निषेध गरेको हुन्छ अथवा हातले घोट्न मिल्ने चन्दनको व्यबस्था गरिएको हुन्छ । सायद, हाम्रा मठमन्दिरहरूमा यस्तो हुनुपर्छ ।

चन्दन, कपुरको चन्दन, वेसारको धूलो र प्राकृतिक रङ्गहरूले मुर्तिमा कुनै क्षति हुँदैन । फूल चढाऔं, प्राकृतिक रङ्गहरू अर्पण गरौँ तर गुलियो पदार्थ र विभिन्न प्रकारका नक्कली रङ्गहरू मुर्तिमा चढाएर आफ्ना आराध्य देव÷देवीका अपराधी नबनौं । हाम्रो पनि कल्याण होस् र मूर्तिमा बसेर हाम्रो कल्याण गर्ने देव÷देवी मूर्तिहरूको पनि आयु बढोस् ।
स्वस्ति अस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुलाई कागजातसहित निवेदन दिन पर्यटन मन्त्रालयको अनुरोध

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा

सामाजिक संजालमा अनुमतिबिना तस्बिर/भिडियो प्रकाशन गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

काठमाडौं । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न

स्थानीय तहको निर्वाचन समयमै गर्न प्रधानमन्त्रीलाई राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

मनाङमा जनसङ्ख्या भन्दा मतदाता बढी !

मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या