सर्वोच्चमा भइरहेका गतिविधिको मुख्य दोषी सत्तारुढ गठबन्धनः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा सामेल हुन विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा आउन आह्वान गरेका छन् ।

बुधबार राष्ट्रिय युवा सङ्घ नेपालले साइबर सर्कल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रम र प्रलोभनमा परेर पार्टी छाडेर गएकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका हुन् ।

उनले अहिलेको सत्ता गठबन्धन व्यक्ति विशेषको स्वार्थमा बनेकाले यो सफल नहुने जिकिर गरे । उनले एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले एमालेलाई थप प्रभावकारी र सशक्त बनाउने उद्घोष गरे ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड कांग्रेसको पछि लागेको बताए ।

अध्यक्ष ओलीले कांग्रेसको पुच्छर बनेका प्रचण्ड र माधव नेपालबाट देश बन्द भन्ने कल्पना नगर्न समेत आग्रह गरे । उनले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्राएर मुलुकलाई डरलाग्दो अवस्था पुर्याउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न साइबर सर्कललाई आग्रह गरे । अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भइरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा

नेपाल र चीनबीच मानव संशाधन विकास सहयोग र बोन म्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ