‘पाइपलाइनबाट आयात भएपछि इन्धन झन् सस्तो हुनुपर्ने हो, यो त मैले पनि बुझेको छैन’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अत्याचार नै भएको टिप्पणी गरेका छन् । आइतबार बिहान संयुक्त विद्यार्थी संगठनका तर्फबाट पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले जनताको हितविपरीत भएका जुनसुकै निर्णय फिर्ता हुनुपर्ने बताएका हुन् । उनले जनजीविकाका सवालमा सरकारको ध्यान जानुपर्ने बताए ।

उनले पाइपलाइनमार्फत पेट्रालियम पदार्थ आयात भएपछि मूल्य घट्नुपर्नेमा झन् बढ्दै गएको बताए । अध्यक्ष नेपालले चुहावट रोकेर तथा कर छुट गरेर भएपनि मूल्य घटाएर जनतालाई सहुलियत दिन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘रक्सोलबाट पाइपलाइनबाट आयात भएपछि झन् सस्तो हुनुपर्ने हो । यो त मैले पनि बुझेको छैन । यी सबै कुराहरुको बारेमा सम्बन्धित निकायसँग म पनि बुझ्छु । यसमा सरकारको ध्यान जानुपर्छ । यसबारेमा सत्ता साझेदार दलसँग म पनि कुरा राख्छु ।’

उनले सत्ता बाहिर हुँदा एउटा कुरा र सत्तामा आएपछि अर्को कुरा गर्न नमिल्ने बताए । उनले जनतामाझ रहन पनि मूल्यबृद्धि नियन्त्रण गर्न सरकार अग्रसर हुनुपर्ने बताए । उनले जनजिविकाका मुद्दालाई शान्तिपूर्ण ढंगले उठाइराख्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।

IFrame

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज