‘यिनै परिवेशमा महेशजीले आफ्नो उम्मेदवारीको औचित्य देख्नु भएको हुनसक्छ’



केशवप्रसाद भट्टराई ।
महेश आचार्यको उपसभापतिमा उम्मेदवारी र काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान !
१. काङ्ग्रेस नेता महेश आचार्यले आगामी महाधिवेशनमा उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उपसभापतिले पार्टीको निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्हाल्ने उद्देश्यले आफू सो पद इच्छुक रहेको समाचार सुनियो ।
यसो त महेश आचार्य केन्द्रिय सभापति, उपसभापति, महामन्त्री जुनसुकै पदको लागि न्यायगर्ने क्षमता भएका व्यक्ति हुन् । उनले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्हाल्न आफू इच्छुक रहेको बताएर एउटा गहीरो संदेश दिन खोजेका छन् ।

२. उनी मलाई चिन्छन् –चिन्दैनन् वा बिर्सिए थाहा छैन,
तर म उनलाई २०३२ सालमा कीर्तिपुरमा उनी एमए अर्थशास्त्रको विद्यार्थी हुँदादेखि चिन्दछु ।
त्यतिखेर कीर्तिपुरमा विद्यार्थीहरूले गरेको आन्दोलनको नेतृत्व महेश आचार्य र जनार्दन सुवेदी लगायतका विद्यार्थी नेताहरूले गरेका थिए ।
त्यस कारण आचार्य, सुवेदी लगायत चार जना विद्यार्थी त्रिविबाट निष्काशित गरिए ।
कीर्तिपुर क्याम्पस प्रमुख ऐनबहादुर श्रेष्ठको हस्ताक्षरबाट त्यो निष्काशनको जानकारी सूचना पाटी र क्याम्पसको ठाउँ –ठाउँको भित्तामा टाँसिएको मलाई अझै सम्झना छ ।

१९ सालको संविधानको दोस्रो संसोधन ( कठोर गाउँ फर्के संसोधन ) जारी भएको केही दिन पछिको त्यो आन्दोलनले क्याम्पस प्रशासन र नेपाल सरकारलाई झक्झकाएको थियो ।
त्यसको केही दिन वरपर प्रधानमन्त्री डा. तुलसी गिरी प्रमुख अतिथि हुनुभएको संविधान सम्बन्धी नै एउटा कार्यक्रम किर्तिपुरकै अडिटोरियम हलमा भएको थियो र डा. गिरीले पंचायत विरोधी गतिविधि विरूद्ध संलग्न हुनेहरू विरूद्ध कडा चेतावनी दिनुभएको थियो ।
त्यसपछि आन्दोलन सेलायो, स्थिति यथावत हुन पुग्यो !
क्याम्पसबाट निष्कासन गरिएपछि महेश आचार्यबारे केही थाहा भएन ।
त्यसपछि उनी अर्थ राज्यमन्त्री भए पछि मात्रै मैले उनको फोटो टिभी र अखवारमा देखेपछि ए !!! भन्ने सम्झिएँ !
त्यसपछि एकाध पटक उनीसँग भेट भएको हो ।
उनको वौद्धिकता र भाषण कलाको अनुभव मैले ३२ सालमा नै गरेको थिएँ ।

३. वर्तमानमा काङ्ग्रेसको चुनौती भनेकै नीति, आदर्श, विचार र मूल्य निर्णयमा भएको अन्यौल र अराजकता हो ।
काङ्ग्रेसमा नीति प्रतिष्ठानको व्यवस्था भएको १० वर्ष भयो होला ।
केन्द्र तहदेखि स्थानीय तहसम्म पार्टीको नीति, विचार, कार्यक्रमबारे छलफल र प्रशिक्षण भयो होला ।
जनता माझ कसरी प्रस्तुत हुने,
विरोधीहरूका विचार, मूल्य, नीति र व्यवहारलाई जनतामाझ कसरी आलोचना र विरोध गर्ने , आफ्ना पक्षलाई कसरी
प्रस्तुत गर्ने ,
नेतृत्वका सीप र कौशललाई कसरी आर्जन गर्ने, कसरी त्यसको अभ्यास गर्ने र आफ्नो नेतृत्वलाई समाजमा स्थापना गर्ने भन्ने बारे पनि धेरै अध्ययन– अनुषन्धान चिन्तन, मनन, विश्लेषणहरू भए होलान ।
नेपालको इतिहास, संस्कृति, परम्परा, मुलुकको राजनीतिक, सामाजिक, आर्थिक नीति, अभ्यास र नेपालको परराष्ट्र नीति , सुरक्षा नीति लगायत शिक्षा, स्वास्थ्य कृषि, उद्योग, व्यापार, पर्यटन, श्रम जस्ता विविध विषयमा पार्टीका नीति र दृष्टिकोण तयार भए होलान्,
ती प्रकाशित पनि भएका होलान !
पार्टीका सबै तहका नेता–कार्यकर्तालाई ती उपलव्ध पनि होलान !
तिनलाई पार्टीका केन्द्रीय सभापति लगायतका केन्द्रीय नेतृत्व तहदेखि स्थानीय तहसम्मका नेतृत्वलाई त्यसमा जोडियो होला ।
प्रशिक्षण दिने –लिने कार्य भयो होला !
आउने पार्टीको अधिवेशनदेखि आगामी स्थानीय तहदेखि आमनिर्वाचनसम्ममा नीति प्रतिष्ठानको कार्य अनुभव हुन्छ होला, भन्ने मानौ ।
आसेपासेहरूलाई भर्ती गर्ने र भविष्यमा पार्टीलाई प्राप्त हुनसक्ने लाभ र अवसरको मोलतोलको लागि उक्त नीति प्रतिष्ठान प्रयोग भएको थिएन नै भनेर मानौ !

यिनै परिवेशमा महेशजीले आफ्नो उम्मेदवारीको औचित्य देख्नु भएको हुन सक्छ ।
पार्टीका केन्द्रीय सभापति र महामन्त्रीदेखि सवै तहका पार्टी नेता र कार्यकर्तालाई पार्टीको नीति र कार्यक्रम र त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सम्बन्धमा प्रशिक्षण दिन सक्ने संरचना विकास गर्न र त्यसलाई कार्यान्वयन गर्न सक्छु भन्ने लाग्छ भने तपाइँको सङ्कल्पमा मेरो सहश्र नमन ।
हैन, उनीहरूका उत्तराधिकारी हुन मात्र हो भने महेशजी त्यता न लाग्नोस, केद्रीय सदस्य मात्रै भएर बसे पुग्छ !
महेश आचार्य र रामशरण महत विचार, क्षमता, उर्जा र प्रचूर वौद्धिकता भएका व्यक्ति हुन् र ती सस्तो बेसाहा बन्नु हुन्न !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,

राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल