त्यसरी खेलो फड्को गरेको भए राजा ज्ञानेन्द्र राजा नै रहिरहन्थे होलान्, होइन ?



केशवप्रसाद भट्टराई ।
१.
मेची –महाकालीका नेपाली जनताले प्रधानमन्त्रीको रूपमा  चुनेका व्यक्ति त वीपी कोइराला, कृष्णप्रसाद भट्टराई र केपी शर्मा ओली मात्रै हुन्  दाइ !
अरु सवै त केही हजारको मतले  निर्धारित निर्वाचन  क्षेत्रलाई  प्रतिनिधित्व गरेर आए र संसद भित्र वा बाहिर नानाभाँती  खेलो फड्को गरेर   प्रधानमन्त्री भए ।
कोही त निर्वाचन हारेर पनि प्रधानमन्त्री भए  ।
त्यसरी खेलो फड्को गरेको भए राजा ज्ञानेन्द्र राजा नै रहिरहन्थे होलान्, होइन ?

२. जनताले चुनेका  प्रधानमन्त्री कुनै कारणले हटेर अर्को व्यक्ति प्रधानमन्त्री बने भने उनले जतिसक्यो चाँडो निर्वाचन घोषणा गरेर आफूलाई जनादेश माग्छन् ।
आउने आम चुनावमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गराएर एक पटक भने पनि जनतावाट निर्वाचित र जन अनुमोदित प्रधान मन्त्री बनिदिनोस् न ।
हामी जस्ता साधारण काङ्ग्रेसी मतदातालाई एक पटक त छाती फुकाएर बोल्ने ठाउँ बनाइदिनोस् ।
कति धन्य हुन्थ्यौँ हामी !
यो पाँच पटकलाई पनि त्यसले नैतिक र राजनीतिक वैधता दिन्छ, जस्तो लाग्छ , यो अज्ञानी र अबुझलाई त !
त्यसकोलागि मेरो अग्रिम शुभकामना !

३. अझ साहस जुटाउन सक्नुहुन्छ भने राजसंस्थाबारे जनमत सङ्ग्रह पनि गराइदिनुस् ।
अनि राजा ज्ञानेन्द्रलाई चुनौती दिने कि दाइ ?

४. मैले आफ्नो कुरो प्रष्ट पार्न सकें कि सकिन कुन्नी ?
शव्द केही तलमाथि भएको भए अन्यथा नमान्नोस् है !
जय नेपाल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना