अदालत यस्तो अराजकताको शिकार भएको छ यसमा सरकारको दायित्व बन्दैन ?



केशवप्रसाद भट्टराई ।

१. पार्टी विभाजित भयो,
केन्द्र र प्रदेश सरकारबाट हट्यो,
एमाले कमजोर भयो भन्नुहुन्छ तर कमजोर भएको एमाले चुनाव माग्छ र तपाइँहरू जनादेश माग्न जनतामा जानुलाई प्रतिगमन र असंवैधानिक भनिरहनु भएको छ ।

२. कमजोर एउटा एमालेसँग सबै मिलेर पनि चुनावमा भिड्ने साहस जुटाइरहनु भएको छैन ।
ओलीले गुड्डी मात्रै हाँके भन्नुहुन्छ तपाइँहरू त गर्ने ठाउँमा आउनु भएको छ नी अनि गर्न छोडेर गुड्डी हाँकेर नै धानिरहनु भएको छ नी ! भन्छन् त ।

३. जवाफ ओलीलाई र एमालेलाई होइन, जवाफ जनतालाई आफ्ना कामद्वारा दिनोस् ।
एमाले सरकारको पालामा भ्रष्टाचार भयो भनेको  होइन, एकएकको छानबिन गराउनोस् न !
अदालत यस्तो अराजकताको शिकार भएको छ यसमा सरकारको दायित्व बन्दैन ?
संसद यस्तै हो, यही संसदको पुनःस्थापनाको गौरव गीत गाएर चुनाव जितिन्छ ?

४. देउवाजी र प्रचण्डजीले एमसीसीबारे  संयुक्त रूपमा पठाएको  पत्र के हो ?
कुन हैसियतमा लेखिएको हो ?
यसलाई  संवैधानिक र राजनीतिक कसीमा कसरी हेर्ने ?
ओली सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा केही गम्भीर त्रुटी गरेको थियो, त्यसबारे काङ्ग्रेस र गठबन्धन  सोच्नै सकिरहेको छैन र छेऊ छाउका अप्रमाणित र सस्ता सडकका  नारा टिपेर  राजनीतिकरूपमा मन बहलाइरहनु भएको छ ।

५. त्यसैले अब उत्तर ओली र एमालेसँग माग्ने होइन, उत्तर तपाइँहरूले दिने हो ।

६. तपाइँहरूको आश र त्राशमा बाँचेका दास बुद्धिजीवी, पेशा र वर्गीय दायित्वबाट भागेका पार्टीगत पेशागत र वर्गीय संगठन र कुराको भरमा राजनीति धानेका कार्यकर्ताको भरमा पार्टी सफल हुँदैन, यो हकमा तपाइँहरू सबै  उत्तिकै दोषी  हुनुहुन्छ त  ।
स्वतन्त्र चेतलाई  दण्ड दिने  र निरूत्साहित गर्ने तपाइँहरू सबै अलोकतान्त्रिक हो, अनैतिक हो ! प्रतिगामी हो !

७. यस्तो राजनीति, यस्ता वुद्धिजिवी, यस्ता मिडिया, यस्तो निजामती सेवा, यस्ता सुरक्षा यन्त्रहरु र यस्ता अदालत बोकेर लोकतन्त्रका कुरा, न्याय, स्थीरता  र समृद्धिका कुरा !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार