के यो दोष चोलेन्द्रको मात्रै हो र ?



केशवप्रसाद भट्टराई ।

१. यिनै मिडिया, यिनै नागरिक समाज, यिनै वकिल मण्डली, यिनै पूर्व प्रधानन्यायाधीश र अन्य पूर्व न्यायाधीशहरूले चोलेन्द्रशम्सेर राणालाई महानायक बनाए ।
आज खलनायक ।
समस्त विकृतिका पर्यायको रूपमा उनको चित्रण गरिँदै छ ।
के पनि सत्य हो भने, उनलाई महानायक र खलनायक बनाइँदाको बीचको अवधिमा उनले कुनै नयाँ  त्यस्तो निर्णय र फैसला गरेका देखिँदैन ।
उनी महानायक बनाइदा नै गलत थिए–त्यतिखेर राजनीतिक उद्देश्यले उनको गलत कार्यको  ढाकछोप गरियो ।
र आज उनको राजनीतिक  प्रयोजन समाप्त भएपछि उनलाई सडकमा नाङ्गेझार बनाइँदै छ ।
त्यति मात्रै होइन, कुनै बेला कर्मचारी, सेना र प्रहरीलाई समेत सडकमा आउन आह्वान गर्नेहरू थिए र आज सवै तहका न्यायाधीशहरूलाई समेत एक किसिमले सडकमा आउन  अपील गरिदैंछ ।
विकृति राजनीतिक क्षेत्रले भित्रायो ।
आज त्यसको जिम्मेवार चोलेन्द्रहरू मात्रै  ?

२.  राजनीतिक उद्देश्यले न्यायालयमा विकृति र सडकका सस्ता नारा  भित्राउने कार्यको आरम्भ  पहिला नै भयो होला,
तर त्यसको नग्न स्वरूप सुशीला कार्कीको पालामा उदाङ्ग भयो !
उनले  नयाँ र स्वच्छ न्यायिक मानदण्ड कायम गरेर  होइन,
सस्ता सडक नाराहरूबाट,आग्रह, कुण्ठा र प्रतिशोधको भावनाबाट न्यायमाथि  क्रुर आक्रमण गर्न दिन साधक भएकै कारण  उनी  सडक, केही  मिडिया र केही दलहरूका लागि महानायिका बनिन् ।
देवी बनिन् ।
कसो मन्दिर बनाएनन् ।
न्याय क्षेत्रका मर्मज्ञहरूले गरेको  उनको आलोचना र विरोधलाई कसैले ध्यान दिएनन्  ।
तर यहाँ पनि दोष चाहिँ सुशीला कार्कीको होइन, उनलाई न्यायपालिकामा भित्राउने पद्धति कै हो ।

३. न्यायाधीश हुने रहर हुनेले लोकसेवाको प्रतिष्पर्धाबाट उतीर्ण भएर न्याय सेवामा आउने  हुती राख्नु पर्यो नी ।
त्यस्तै, राजदूत  हुन इच्छा गर्नेले लोकसेवाको परीक्षा उतीर्ण गरेर परराष्ट्र सेवाबाट आए भैगयो नी !
ल्याकत देखाउन नसक्नेले  ठूला ठूला पद खोज्ने र पद दिलाउने अभ्यास नरोकुञ्जेल सुशीला कार्की र चोलेन्द्र शम्सेरहरू आइरहन्छन् ।

४. कुनै पनि निकायमा माथिल्लो पदमा नियुक्त गर्नु पर्यो भने त्यहाँ  भित्रैका सक्षम व्यक्तिहरूबाट गरिने,
अपवादको अवस्थामा कसैलाई महत्वपूर्ण राजनीतिक नियुक्ति दिनु पर्दा संसदबाट तय गरिएका   निश्चित र स्पष्ट परिभाषित प्रक्रिया अन्तर्गत मात्रै  राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्याती पाएका व्यक्तिहरूबाट सरकारले नियुक्त गर्ने  गरिएमा यस्ता राजनीतिक स्वार्थ र विकृतिले त्यहाँ प्रवेश नपाउलान नी त ।

५.पद्धति  गलत बनाउने अनि गलत पद्धतिबाट राम्रो परिणाम खोज्ने  दुषित र कायर मानसिकताले सर्वोच्चमा सङ्कट आमन्त्रण गरिरहेको छ र यसको विश्वसनीयतामा निरन्तर ह्रास आइरहेको हो भन्न अब ढिलाई गर्नुहुन्न  ।
गलत पद्धति मिल्काउनै पर्दछ !
कति  कार्की र राणाहरूलाई न्याय क्षेत्रमा बाहिरबाट हुलिरहने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार