काङ्ग्रेस फेरि वामपन्थी शहीद बन्ने हो ?



केशवप्रसाद भट्टराई ।
१. काकताली र कम्युनिस्टहरूवीचको अराजक र सिद्धान्तहीन झगडाका कारण सरकारमा बस्ने रहर मेटेर पुगे त भैगयो नत्र स्थानीय चुनावमा चित्त बुझ्दो मत आफ्नो पक्षमा न परे एमाले र माओवादीवीच फेरी एकता हुन सम्भव छ ।
सम्भावना मात्रै नभएर भावी राजनीतिक कोर्स नै त्यही बाटो जान्छ जस्तो लाग्दछ ।

. किनकि स्थानीय चुनावको परिणाम आए सी जिनिपङ्ग विचारधारामा दीक्षित उनीहरूलाई एक गराउन महान मित्रराष्ट्रले कुनै कसर राख्ने छैन ।
दुनियाँका अन्य कम्युनिस्ट र वामपन्थी शक्तिहरुको पनि अभिष्ट हो त्यो ।
वहुदलीय व्यवस्था अन्तर्गत स्वतन्त्र र निष्पक्ष मतदानसहितको प्रत्यक्ष बालिग मताधिकारको बाटो कम्युनिस्ट पार्टीको एकलौटी सरकार भनेको झन्डै दुनियाँको आठौँ आश्चर्य हो ।
र काङ्ग्रेसले विगतमा त्यसलाई नेपालमा सिद्ध गरिदियो ।

३. एमाले र माओवादीका धेरै ओली र प्रचण्डको लागि नभएर आफ्नो राजनीतिक भविष्यको लागि दुवै पार्टी भित्रका नेताहरू पनि एउटा ध्रुबीकरणको प्रक्रियामा लाग्छन् ,
ओली र प्रचण्डलाई बाहेक गरेर पनि त्यो स्थिति बन्न सक्दछ ।
त्यसपछि एकीकृत समाजवादी वाला कम्युनिस्ट पार्टीका कोही माओवादीमा पस्ने र कोही एमाले मै फर्किने हुन् ।
कोही सीपी मैनाली भएर समाजवादीकै घर गरेर पनि रहन सक्ने भए ।

४. स्मरणीय रहोस, १५ सालको चुनाव पछि सुवर्ण समशेर वा सूर्यप्रसाद उपाध्याय प्रधानमन्त्री हुने वातावरण मिलेको भए सत्र साल पुस एक आउने थिएन ।
गणेशमानजी र किसुनजीले काङ्ग्रेस पार्टी परित्याग गर्ने स्थितिको पूर्वानुमान कसैले गरेको थियो ?

. काङ्ग्रेसले फेरि कम्युनिस्ट पार्टीहरूलाई एक हुने अवसर बनाइदिएर आफू राजनीतिकरूपमा वामपन्थी शहीद हुन खोजेको भए भन्नु केही छैन,
नत्र स्थानीय चुनावसँगै आमनिर्वाचनमा जानु राष्ट्र र प्रजातन्त्र दुवैको हितमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा