मन्त्रिपरिषद विस्तार अझै अनिश्चित



काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध हटाउन विपक्षी दलसँग वार्ता गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक संसदको अवरोध हटाउन प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा संसद्को अवरोध हटाउने विषयमा विपक्षीसँग कुराकानी गर्नेे समझदारी भएको जानकारी दिए । सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्ष एमालेले लगातारजसो संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

उनले मन्त्रिपरिषद् विस्तारका विषयमा भने कुनै निर्णय भइनसकेको बताए । दलहरूबीच फेरि बैठक बस्ने र चाँडै मन्त्रिपरिषद विस्तारको विषय टुंग्याइने बताइएको छ । सरकार गठन भएको दुई महिना पुग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल सहभागी थिए । आइतबारको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने सहभागी थिएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार