यसकारण अहिले एमसीसी परियोजना नेपालको हितमा छैन



डा. जगमान गुरुङ।

श्री ५ पृथ्वीनारायण शाहको दृष्टिमा नेपाल दुई ढुङ्गा बीचको तरुल हो।भारतमा शासन गर्ने अंग्रेजहरुले नेपाललाई भारत र चीन बीचको Buffer State को रूपमा माने।भूगोलमा नेपाल सानो छ तापनि एशिया महाद्वीपको Trans-Himalayan Geo Politics- अन्तर हिमाली भू राजनीतिको सन्तुलनमा नेपालको ठूलो भूमिका रहेको छ।त्यसकारण विश्वले आ- आफ्नो स्वार्थको दृष्टिले नेपाललाई हेरिरहेका छन्।
नेपाल पार्वतीले रचना गरेको शिवको देश र बुद्धको जन्मभूमि हो।नेपाल पूर्वीय दर्शन, धर्म र ज्ञान- विज्ञानको उद्गम थलो हो।त्यसकारण अनेकन् सिद्ध साधकहरुले नेपाल भूमिमा साधना गरेर सिद्धि प्राप्त गरेका छन्।
ॐ मित्रस्याहं चक्षुषा सर्वाणि भूतानि समीक्षे ।
मित्रस्य चक्षुषा समीक्षामहे ।।

यसरी विश्वका समस्त चराचर जगतलाई मित्रको दृष्टिले हेर्नु पूर्वीय ज्ञान- विज्ञान र दर्शनको आदर्श र मर्यादा हो।नेपाल यही प्राच्य आदर्श र मर्यादामा अडिएर रहेको छ।त्यसकारण विश्वका कुनै पनि देशसंग नेपालको द्वैदभाव छैन, सबैसंग मित्रभाव रहेको छ।समन्वयात्मक अध्यात्मवादको माध्यमबाट सबैसंग मित्रता कायम गरी आफ्नो अस्मितालाई कायम गरेर विश्वमा शान्ति स्थापित गर्नु नेपालको ध्येय हो।
अघि कुनै बेला यो विश्व अमेरिका र रुसको ध्रुवमा खेमावन्दी भयो। कुनै देश यी दुई ध्रुवमा नलागेर असंलङ्ग रही रहे।यसरी असंलङ्ग रहने देशहरुमा नेपाल पनि एउटा थियो।

युगोश्लाभियाको राजधानी बेलग्रेडमा असंलङ्ग राष्ट्रहरुको शिखर सम्मेलन भयो।त्यस शिखर सम्मेलनमा नेपालबाट स्वयं श्री ५ महेन्द्रले भाग लिएका थिए।त्यस शिखर सम्मेलनमा श्री ५ महेन्द्रबाट अभिव्यक्त गरिएको उद्गार अति मार्मिक रह्यो र श्री ५ महेन्द्रको उक्त उद्गारले त्यस शिखर सम्मेलनको गरिमा बढाइदियो।श्री ५ महेन्द्रको उक्त गरिमामय उद्गारको सारांश यस प्रकारको छ-
शान्ति त्यस बेला मात्र सम्भव हुन्छ, जब कुनै एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने नीतिलाई केवल सिद्धान्तमा मात्र नभई व्यवहारमा पनि प्रयोग गर्दछ।

त्यसपछि श्री ५ महेन्द्रले पञ्चशील र असंलङ्गताको आधारमा नेपालको परराष्ट्रनीति कायम गराए। यसरी श्री ५ पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाको बीचको तरुलको रूपमा महशुस गरेको यतार्थतालाई श्री ५ महेन्द्रले असंलङ्ग परराष्ट्रनीतिको माध्यमबाट व्यवहारमा ल्याए।
त्यसपछि श्री ५ वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषणा गरे।नेपाललाई कुनै पनि मुलुकको चल खेलको भूमि बनाउन नदिनु शान्तिक्षेत्र नेपालको उद्देश्य थियो।विश्वका अधिकांश देशले नेपालको शान्तिक्षेत्रको प्रस्तावलाई समर्थन गय्रो तर भारतले गरेन।यसबाट नेपालप्रति भारतको कुत्सित भावना रहेको प्रष्ट हुन्छ।

२००७ सालमा नेपालमा प्रजातन्त्र आए पछि नेपालका मन्त्रीका PA नेपालस्थित भारतीय राजदूतावासले मनोनित गर्दथ्यो।नेपालको मन्त्रीमण्डलको बैठकमा भारतीय राजदूत उपस्थित हुन्थे।यसरी भारतले लाए अह्राए अनुसार नेपालको शासन चल्थ्यो।नेपालको उत्तरी सीमानामा भारतीय सैनिक चौकीहरु थिए।श्री ५ महेन्द्रको पालामा बडो मुश्किलले ती भारतीय सैनिक चौकीहरु हटाइए तर सन् १९६२ मा चीनबाट पराजित भएर फर्केका भारतीय सेनालाई तत्काल केही क्षण बस्नका लागि कालापानीको भारतीय सैनिक चौकी हटाइएन।नेपालका लागि अहिले त्यही बिष भएको छ।

सोभियत संग रुसलाई ता अमेरिकाले भताभुतुङ पारिदियो।अब अमेरिकाको शत्रु भनेको चीन बाँकि रह्यो।त्यसकारण अमेरिकाले चीनलाई चारैतिरबाट घेर्ने नीति अख्तियार गरे।यस सन्दर्भमा नेपालमा रहेका तिब्वती शरणार्थीहरुलाई सहयोग गर्ने निहुँमा नेपालमा बन्दुकको कुन्दा अड्याएर तिब्बतलाई स्वतन्त्र गर्ने र त्यसपछि चीन हान्ने नीति अमेरिकाले लिएको थियो।

यस प्रयोजनका लागि कीर्तिपुरमा Summer Linguistic Institute नामक शैक्षिक संस्था स्थापना गरेका थिए।कलंकीको स्युचाटारमा उनीहरुको एयरपोर्ट थियो।काम चाहिँ अमेरिकी जासुसको गर्थे।त्यो कुरा थाह पाएपछि नेपाल सरकारले बडो ठूलो आँट गरेर उक्त Summer Linguistic Institute र स्युचाटार्को एयरपोर्ट बन्द गरिदिए।तिब्बत हान्नका लागि उपल्लो मुस्ताङमा अमेरिकाको सहयोगमा तिब्बती शरणार्थीहरुले सैनिक अखडा जमाएका थिए।काकवेणीदेखि उँभो तिब्बती शरणार्थीहरुको दबदबा थियो तर नेपाली सेनाले तिब्बती शरणार्थीहरुका ती सैनिक अखडाहरु ध्वस्त पारिदिए।

नेपाली सेनाले छापा मारे पछि घमिको सैनिक अखडाबाट तिब्बती सेनाका कमाण्डर वाङ्दि डोल्पाको बाटो भएर भागे।नेपाली सेनाले उनलाई पछ्याउँदै गएर दार्चुलाबाट सीमा पार गर्ने बेलामा नेपाली सेनाका मेजर जर्नेल आदित्य शमशेर जबराको तैनाथमा अघि नै हेलिकेप्टरबाट दार्चुला गएर नेटो छेकेर बसेका नेपाली सेनाले वाङ्दिलाई गोलि ठोकेर मारे।त्यसपछि नेपालको बाटोबाट तिब्बत र चीन हान्ने अमेरिकाको बाटो बन्द भयो।त्यस अवस्थामा अमेरिकाले नेपाल सरकारको स्वीकृति लिएर काम गरेको थिएन।बरु नेपालले अमेरिकाको अभियानलाई विफल बनाइदिएको थियो।

भारतले हिन्दुत्त्वको नारा दिएर नेपाललाई निल्न खोजेको छ।भारतले नेपालमा कुनै स्थिर व्यवस्था र स्थिर सरकार देख्न चाहन्न ।सधैँ अस्थिर र अव्यवस्था चाहन्छ।अमेरिकाले सहयोगको नाममा नेपाललाई आफ्नो चल खेलको थलो बनाउन चाहन्छ। शान्तिवार्ता पछि माओवादी सैनिक व्यवस्थापनमा पनि कन्टेनर लिएर अमेरिका आयो।अमेरिकालाई साम्राज्यवाद र विस्तारवाद भनेर गाली गर्ने नेपाली माओवादीहरुले पनि सेना समायोजनको लागि अमेरिकालाई म्याद थप्न माग गरे कै हो।तीनै अमेरिकाले माओवादीलाई चोख्याइदिएका हुन् ।

अहिले फेरि अमेरिका विधिवतरूपमा नेपाललाई आफ्नो अभिष्टसिद्धि गर्ने थलो बनाउन लागेको छ।म राजनैतिक व्यक्ति होइन। त्यसकारण म राजनीति जान्दिन तर नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको मामलामा म सधैँ आकर्षित हुन्छु। हामीले सधैँ देशको हित गर्न पर्छ।कहिल्यै पनि देशको अहित गर्न हुँदैन।सकेसम्म देशको हित गर्ने हो।यदि कदं कदाचित देशको हित गर्न सकिएन भने देशको अहित ता किमार्थ गर्न हुँदैन।
अहिलेको यो अमेरिकी MCC परियोजना नेपालको हितमा देखिएन।यदि उपल्लो मुस्ताङमा गएर MCC ले अखडा जमाएर बस्यो भने के चीन चुप लागेर बस्ला त ? त्यसकारण अमेरिकी MCC परियोजनाले केवल नेपालको मात्रै अहित गर्ने होइन कि यसले यस क्षेत्रको Trans- Himalayan Geo Politics- अन्तर हिमाली भूराजनीतिलाई खलबल्याउँछ र शिवको देश , बुद्धको देश यहाँ शान्तिको शास फेरेर बस्न पाइँदैन।त्यसकारण MCC पारित गर्न हुँदैन भन्ने मेरो पनि मान्यता छ।
Go Back MCC.
लोका: समस्ता: सुखिनो भवन्तु ।।

गुरुङको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

ढुक्क हुनुस् वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान

सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९