एमसीसी सम्झौता संशोधन गरी पारित गर्नुपर्छः सचिव भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमालेले एमसीसी सम्झौतामा भएका कतिपय प्रावधानहरुलाई संशोधनसहित पारित गर्नुपर्ने बताएका छन् ।

शनिबार स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले सम्झौताका केही बुँदा पुनःव्याख्या गर्नुपर्ने भएकोले संशोधन गरेर मात्रै एमसीसी अगाडि बढाउनुपर्ने बताएका हुन् ।

नेकपा हुँदा नै यसबारे तीन सदस्यीय कार्यदल बनार सुझाव लिएको भन्दै उनले एमाले त्यसमा अडिग रहेको बताए । उनले भने, ‘’नेकपा हुँदा नै तीन सदस्यीय कार्यदलले बनाएका थियौं । कार्यदलले सम्झौतालाई संशोधन सहित अघि बढाउने भनेको छ । एमसीसी सम्झौतामा रहेका कतिपय प्रावधानहरुलाई पुनः व्याख्या गरेर नेपालको राष्ट्रिय हित थप अनुकुल बनाउनु पर्ने छ । अहिले पनि हाम्रो पार्टी त्यो निर्णयमा कायम छ ।’

उनले एमसीसी अनुमोदनको विषयमा सरकारले लिने नीतिमा आधारमा अघि बढ्ने बताए । उनले यसबारे पार्टीको बुधबार बसेको संसदीय दलको बैठकमा समेत छलफल भएको बताए । उनले भने, ‘एमसीसीकी उपाध्यक्षले हाम्रो पार्टी अध्यक्षसँग भेट गर्नुभएको छ । सरकारले एमसीसीलाई यो अधिवेशनमा टेबुल गर्छ कि गर्दैन भन्ने कुरा हामी हेर्दैछौं । यदि गर्यो भने संशोधनसहित गर्छ कि कसरी गर्छ ? त्यसमा स्पष्ट छैन । सरकार स्पष्ट भयो भने त्यसपछि हाम्रो पोजिसन क्लियर हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यो पाँच दलीय गठबन्धन देशलाई अस्थीरतातर्फ धकेल्न बनाइएको होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी

के यो दोष चोलेन्द्रको मात्रै हो र ?

केशवप्रसाद भट्टराई । १. यिनै मिडिया, यिनै नागरिक समाज, यिनै वकिल मण्डली, यिनै

उडिरहेको विमानबाट बगैंचामा मलमूत्र खसेपछि….

बेलायतको राजधानी लन्डनको पश्चिमतिर पर्ने बर्कशायरका एक व्यक्ति आफ्नो बगैँचामा सुस्ताइरहेका बेला अनौठो

आज एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् ।