आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलसँग मन्त्रीको नाम मागेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीको नाम दिन आग्रह गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्रीले मन्त्रीको नाम दिन आग्रह गरेको जानकारी दिइन् । उनले भनिन्, ‘मन्त्रिपरिषद् छिट्टै विस्तार गर्नुपर्यो । त्यसका लागि मन्त्रीको नाम दिनुभयो भने छिट्टै गर्नसकिने कुरा प्रधानमन्त्रीले राख्नुभयो । अरु दलका नेताहरुले पनि मन्त्रिपरिषद् बिस्तार छिट्टै गर्नुपर्नेमा एकमत राख्नुभयो।’

उनका अनुसार पार्टीमा छिट्टै छलफल गरेर नाम दिने सहमति पनि बैठकमा भएको छ । बैठकमा अध्यादेश टेबुल गर्ने र गठबन्धनलाई मजबुत बनाएर लैजाने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष पौडेल सहभागी थिए । सत्तारुढ गठबन्धनको बैठक आज साँझ ६ बजे पुनः बस्ने पौडेलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न