एमसीसी देशको हितमा छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे जनतामा छरिएको भ्रम चिर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा पार्टी सभापतिसमेत रहेका दलका नेता देउवाले सांसदहरुलाई एमसीसीबारे जनतामा छरिएको भ्रम चिर्न निर्देशन दिएका हुन् ।

उनले बैठकमा एमसीसी सम्झौताबारे विकास विरोधीहरुले भ्रम सिर्जना गरेको पनि बताए । बैठकमा सहभागी सांसद भीमसेनदाश प्रधानका अनुसार प्रधानमन्त्रीले एमसीसीबारे नकारात्मक प्रचार गरिएकाले त्यसलाई चिर्न आग्रह गरेका थिए ।

उनले भने, ‘यो देशको हितमै छ। मुलुकको समृद्धिका लागि हो। यसका बारेमा जनतामा छरिएको भ्रम चिर्नुस्।’ देउवाले एमसीसी पारित गर्नका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्ने बताए ।

बैठकमा कतिपय सांसदले एमसीसीका केही व्यवस्थाहरुलाई परिवर्तन नगरी पास गर्न नसकिने विषयमा समेत पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारेको प्रतिवेदन र सरकारले भारतलाई पठाएको कूटनीतिक नोटका विषयमा जानकारी गराएका थिए ।

सांसदहरुले दार्चुला घटनामा सरकारले आफ्नो धारणा प्रस्टसँग नराखेको भन्दै असन्तुष्टि जनाएका थिए । सांसद गगन थापाले गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी जारी भएको विज्ञप्तिको आलोचना गरेका थिए । बैठकमा बुधबारबाट सुरु हुने संसद बैठकमा अपनाइने रणनीतिका बारेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ