सत्ता गठबन्धनले दुवै छिमेकीसँगको सम्बन्ध तनावग्रस्त बनाउन लागेको ओलीको आरोप



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका छन् ।

शनिबार पार्टीको काठमाडौं महानगरपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमसीसीकाबारेमा प्रधानमन्त्री र प्रचण्ड मौन बसेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सत्ता गठबन्धनले एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै आशंका व्यक्त गरे । उनले भने, ‘कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे । अहिले एमसीसीबारे बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान् । के गर्ने हो ? बोल्नु पर्यो नि ? तर न प्रधानमन्त्री बोल्छन् न प्रचण्ड । बोल्नु पर्दैन ? जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन ?’

उनले चीनसँग सीमा विवाद नभएको भन्दै सत्ता गठबन्धनले दुवै छिमेकीसँगको सम्बन्ध तनावग्रस्त बनाउन लागेको बताए । उनले भने, ‘म ठोकुका साथ भन्छु चीनसँग कुनै सीमा विवाद छँदै छैन । चीनसँग सीमा विवाद समाधान गर्न समिति किन बनाउनुपर्यो ? मेरो चुनौती छ यो समितिले कुनै ठाउँमा सीमा विवाद देखाओस् ।’

उनले आफ्नो पार्टी नफुटेर चोइटिएको भएको बताए । अध्यक्ष ओलीले पार्टीबाट केही बिग्रिएका मानिस मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने दाबी गरे । माधव नेपाल समूहले स्वार्थका लागि नयाँ पार्टी खोलेको समेत ओलीको आरोप थियो ।

माधव नेपालप्रति व्यंग्य गर्दै भने, ‘पार्टीको नाम एस पार्टी रे । त्यो कांग्रेसको एस पार्टी हो।’ माधव नेपालजस्तो यतिसम्म लाज शरम पचेको मान्छे जिन्दगीमा कहीँ पनि देखेको थिइन्। नेपाल मात्र होइन, दुनियाँका धेरै देशमा म पुगेँ। तर माधव नेपालजस्तै शरम पचेको मान्छे कहीँ देखिन ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामी प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र विरोधमा लाग्दैनौंः अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलनको समर्थन र

राजाले बनाएको प्रधानमन्त्री भन्दापनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने गणेशमानको सन्देश महत्वपूर्णः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकालभरि संघर्ष गरेका

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ

सुरेश आचार्य । ‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी

आज एमालेको पालिकास्तरमा अधिवेशन, ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले आज  देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।