चरी जेलैमा ….



जिवित खड्का मगर ।
अनि जेलको चरी रूँदै बेंसी मेलैमा ? पहिलोकुरो त जेल भनेको जेल हो । जेलभित्र बसेकोमान्छे बिल्कुल सबैथोकबाट बन्चित हुन्छ । अर्काकुरा मेलामा पुग्ने, घरखेत गरेर खानेहरू श्रमजीवी/स्वाभिमानी हुन्छन् कि जेलमा ? यसको शाब्दिक सारतत्वले हामीजस्ता कृषि गरेर गाउँ धान्नेहरूलाई प्रोत्साहित गर्छ कि निरुत्साहित ? बरू आउ ! गाउँमा खेती गरौं ! खनौँ–जोतौँ … भनेको भए सिर्जनात्मक तत्वको अर्थ ब्यापकताले खास प्रभाव पार्नेथ्यो ।

गाउँले हामीलाई प्रेरित गर्नेथियो । त्यसो हुनाले यो गीतमा भन्न खोजेको कुरा मैले बुझिनँ ! खासमा गीतलेखन अनुप्रास मिलाउनुमात्रै गीत होईन, कमसेकम अघिल्लो हरफ र पछिल्लो हरफबीच शब्दको तालमेल र अन्तरवस्तुमा अर्थात्मक/ब्याख्यात्मक/कलात्मक/लयात्मक/भावात्मक एकरुपता हुनुपर्छ भन्ने लाग्छ ।
––
पोहोर साल खुसी फाट्दा जतनगरी मनले टालेँ
यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?
गीतकार राजेन्द्र थापा
यहाँ माथिल्लो र तल्लो लाइनको शब्दको अन्तरवस्तु गहिरोसँग जोडिएको छ । एकार्का शब्दबीच नङ र मासुबीचको सम्बन्धजस्तो परिपुरक सम्बन्ध गीतमा हुनुपर्छ र गीत बन्छ भन्ने विद्वान÷मर्मज्ञहरूको विचार वास्तवमा सहि अर्थमा लागू हुन्छ ।
अर्को उदाहरण –
खोलैखोला हिँड्यो नि बकुल्ला
तिमी नाँच म मादल ठोकूँला …
यहाँ, खोलामा बकुल्ला हिँड्नू र मादल ठोक्नूमा के सम्बन्ध छ ?
मैले बुझिनँ ! लौ, मलाई कसैले बुझाइदिनू ! यस्ता गीतहरू संगीत र गायनलेमात्रै हिट हुने र रचनात्मक कसीमा हेर्दा हामी पाठकहरूलाई खास गम्भीर र चिन्तनशील बनाउन बाध्य बनाउछ भन्ने लाग्दैन ।
हुँदाहुँदै –––
हेर्ने हो र देखाइदिम ?
……
के हो यो भनेको ? यो कहिँ गीत हो ?
कि गीतमाथिको बलात्कार ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ

सुरेश आचार्य । ‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी

आज एमालेको पालिकास्तरमा अधिवेशन, ओलीले भर्चुअलरुपमा उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेले आज  देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।

प्रधानन्यायाधीशलाई बहिर्गमनको बाटो रोज्न चार पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । चार जना पूर्वप्रधानन्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई राजीनामा दिन सुझाव दिएका छन्

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र