चिन्तन आफैंमा सीमित नै हुन्छ



डा गोविन्दशरण उपाध्याय ।
मौसम सफा हुँदा आँखाले देख्ने भनेको ४.८ किलोमिटर हो तर देखिएको र वस्तु चिन्न सकिन्न कानले २० डेसिमल भन्दा माथिको शब्द सुन्न सक्दैनन् । आँखाले देखेको र कानले सुनेको मात्र प्रमाणित मान्नेको लागि ठूलै सङ्कट होइन र ? त्यसरी नै नाकको सुघ्ने, स्वाद लिने जीब्रो र छालाका आ–आफ्नो सीमित क्षमता छ ।

यन्त्र, तन्त्र र मन्त्र सबैको सीमा छ अर्थात् क्षमताहरू सीमित छन् । त्यसै गरी चिन्तन आफैंमा सीमित नै हुन्छ । यदि केही असीमित छ भने त्यो हो –व्यापकता अर्थात् ब्रह्म ! ज्ञानेन्द्रीयको सीमा भित्र परेन, यन्त्र, मन्त्र तथा तन्त्रले बुझ्न सकिएन भन्दैमा “अस्तित्व“लाई अस्वीकार गर्नु दम्भ हो ।
सीमित मान्छेले सीमित तत्थ्यहरू मात्र जान्न सक्छ ।वैदिकशास्त्रले यो कुरा भनेकै छ तर हाम्रो अनुभवले पनि “हाम्रो ज्ञान सीमित नै छ“ भन्ने बुझेको छ । विज्ञान झूटो हुँदैन तर नदेखिएको, नसुनिएको, न चाखिएको वस्तुको (मानवीय ज्ञानको सीमाले नबुझेको विषयवस्तुको अस्तित्वलाई अस्वीकार गर्नु विज्ञानका नियमहरू विरुद्ध हुन्छ ।

आत्मा, ईश्वरका सवालमा प्रष्टसंग शास्त्रले “आँखाले देख्न नसकिने, कानले सुन्न नसकिने, जीब्रोले स्वाद लिन नसकिने, छालाले अनुभव गर्न नसकिने र कानले सुन्न नसकिने भनेकै छन् । साथै मानवीय ज्ञानको सीमा भित्र त्यो परमतत्व पर्दैन भनेर उल्लेख गरेकै छन् । यदि कुनै बैज्ञानिकले आत्मा वा परमात्माको अस्तित्वलाई नकार्छ भने यो विज्ञानका नियमहरूको ठाडो उलंघन होइन र ?

सत्यका सवालमा विज्ञान “अन्तिम निष्कर्ष“ निकाल्ने अवस्थामा पुगेको छैन किनभने हरेक दिन नयाँनयाँ खोजहरूले हामी मनुवाहरूलाई अचम्भित परिरहेका छौँ । हामी पूर्णजडझैं ती खोजहरूमा नतमस्तक भएर विश्वास गरिरहेका छौँ ्र अन्तिम आविष्कार वा खोजको सम्भावना रहेसम्म विज्ञानले “सत्य प्राप्ति“को दावी गर्न मिल्दैन । यदि कसैले गर्छ भने उसको त्यो एउटा व्यक्तिगत “विचार वा अभिमत“ मात्र हुन्छ । अभिमत सबैका लागि मान्य हुनुपर्छ नै भन्ने हुँदैन किनभने त्यो पूर्वाग्रह पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिफल नदिने आयोजनाहरूमा निर्ममतापूर्वक कैँची चलाउन सरकारलाई पूर्व अर्थसचिवहरुको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व

देशले अब यही परिस्थिति थेग्न सक्दैन, नयाँ समझदारी गर्नुपर्छः अध्यक्ष लिङ्देन

सुदूरपश्चिम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अवस्था थप बिग्रिन

गोठाटार गोलीकाण्डका मुख्य अभियुक्तलाई गोली हानेर लियो प्रहरीले नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदमाथि गोली चलाउने गुड्डु पासवानलाई आइतबार प्रहरीले गोली

सरोकारवालासँग छलफल गरेर पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माणका लागि सरोकारवाला सबै पक्षसँग छलफल गर्ने