जनादेश नभएको सरकारलाई एमसीसी अघि बढाउने अधिकार छैनः भीम रावल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउन लागेको आरोप लगाएका छन् ।

सामाजिक संजालमार्फत रावलले एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई नभएको भन्दै एमसीसी अघि नबढाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षड्यन्त्र हुँदैछ । सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन।’

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनले सबै राजनीतिक दलका शीर्ष नेतालाई भेटेर एमसीसी अघि बढाउन आग्रह गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको