महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने पौडेल पक्षको घोषणा



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने जनाएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार पत्रकार सम्मेलन गरी वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेद्वार तय गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले नेपाली काँग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँ अनुसारको उम्मेदवारी दिने बताए ।

उनले पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र मलुकको अस्तित्वलाई जोगाउन एकतावद्ध भएर जाने बताए । वरिष्ठ नेता पौडेलले अभूतपूर्व रुपमा क्रियाशील सदस्यको विवाद भएको भन्दै यसले पार्टीका निष्ठावान व्यक्तिहरुलाई पीडित बनाएको बताए ।

पौडेल पक्षले काँग्रेसको वडा अधिवेशन शुरु हुनुभन्दा एकदिन अघिसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेद्वारी दिने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरु सहभागी थिए । त्यस्तै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता गगनकुमार थापा पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व

कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास