प्रदेश २ मा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी



जनकपुरधाम । प्रदेश दुईमा नेकपा एमालेका १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरमा एमालेका १० सांसदले एकीकृत समाजवादीमा सनाखत गराएका हुन् ।

निर्वाचन कार्यालयमा उपस्थित भएर गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, रवीन्द्र बैठा, खुसीमा खातुन र नागेन्द्र यादवले सनाखत गरेका हुन् ।

एमालेबाट १३ जना समाजवादी रोजे पनि सांसद दिल्ली उप्रेती उपचारका लागि भारतको दिल्लमा छन् । उनले दूतावासबाट सनाखतको प्रक्रियामा रहेको बताइएको छ । त्यस्तै, प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ मौसम खराब हुँदा जनकपुर आउन नसकेको प्रदेश सांसद शत्रुधन महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज