सरकार विस्तारकाबारेमा प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच छुट्टाछुट्टै छलफल



काठमाडौँ । सत्तारूढ गठबन्धनका तीन शीर्ष नेताले बिहीबार बिहान भेटवार्ता भएको छ । मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन तीन नेताबीच भेटवार्ता भएको हो ।

बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री देउवालाई भेटेलगत्तै प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।

प्रचण्ड र नेपालबीच सिंहदरबारस्थित संसद् सचिवालय भवनमा भेटवार्ता भएको हो । भेटघाट मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धन दलहरूले सरकार गठनको करिव दुई महिना पुग्न लाग्दासमेत मन्त्रालयको भागबन्डा टुंगो लगाउन सकेका छैनन्  । सत्ता गठबन्धनको बैठक दिनहुँजसो बसेपनि सरकार विस्तारमा सहमति जुट्न सकेको छैन । सवै दलले राम्रा मन्त्रालयमा आफ्नो अडान राख्दा सरकार विस्तार हुन नसकेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिमका प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गरेको विपक्षी दलहरुको आरोप

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गरेका नागरिक उन्मुक्ति पार्टीका

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका