ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छः बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुर्सीको खेल अझै जारी रहेको भन्दै असन्तुष्टि जनाएका छन् । सामाजिक संजालमार्फत भट्टराईले ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी नै रहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले कमिसनको खेल जारी रहेको, छिमेकीको हैकम जारी नै रहेको बताएका छन् । उनले भनेका छन्, ‘ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ ! भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ ! कमिसनखोरको खेलो जारी छ ! छिमेकीको हैकम जारी छ ! जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ ! छोइछिटो जारी छ ! मधेसी, थारू,जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ ! अतः वैकल्पिक शक्तिको खोजी जारी छ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा छैनः पौडेल

गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ८१७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको

यो पाँच दलीय गठबन्धन देशलाई अस्थीरतातर्फ धकेल्न बनाइएको होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी

के यो दोष चोलेन्द्रको मात्रै हो र ?

केशवप्रसाद भट्टराई । १. यिनै मिडिया, यिनै नागरिक समाज, यिनै वकिल मण्डली, यिनै