ओली कम्युनिस्टको नाममा कलंकः माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले नै कुनै पार्टीसँग एकता सम्भव नरहेको बताएका छन् ।

आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी एकताका सम्बन्धमा भइरहेको हल्लामा सत्यता नभएको बताएका हुन् । उनले अरु पार्टीसँग एकता गर्नका लागि दल विभाजन गरेको भन्ने भ्रममा नपर्न आग्रह गरे ।

उनले भने, ‘कसैकसैले भनिरहेका छन्, अरुको टाङमुनि छिर्न गइरहेका छन्। अरुको कार्यकर्ता बन्न गइरहेका छन्। तुरुन्तै अर्को पार्टीमा समाहित भएर विलिन हुन गइरहेका छन्। यो सबै वाहियात कुरा हुन्।’

उनले आफूहरुको संगठन पहिल्यै निर्माण गरेको भन्दै वडा वडामा सगठन विस्तार गर्ने बताए । पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनताको हितका लागि क्रियाशील रहने प्रतिवद्धता जनाए । उनले भावी पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढ्ने र अहिले फिँजाइएका भ्रमलाई चिर्ने बताए ।

ओलीमा आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृत्ति रहेको उल्लेख गर्दै नेपालले ओली कम्युनिस्टको नाममा कलंक भएको बताए । उनले भने, ‘कम्युनिष्टहरु मिलेर सरकार चलाएको भए राम्रो हुन्थ्यो । तर ओलीजी दक्षिणपन्थीसँग मिल्न पुग्नुभयो उहाँमा वचनको पक्का र इमान्दारिता छैन।’ उनले ओलीका कारण कयौं नेता कार्यकर्ता पीडित रहेको भन्दै उनीहरुलाई पार्टीमा आउन आह्वान गरे ।

उनले भने, ‘म आफैँ पीडित छु, कयौँ नेता ओलीबाट पीडित छन्। वामदेव गौतम सबैभन्दा पीडित हुनुहुन्छ । ओलीले बोलेको कुरामा ताली बजाउनुपर्ने, आँखा चिम्लिदिनु पर्ने बाध्यता थियो। तर उनी आफैँ अल्पमतमा परेपछि बैठक छाड्दै हिँडे।’उनले ओली सत्ता बाहेक केही नसोच्ने व्यक्ति रहेको आरोप लगाउँदै विश्वासको मत नपाउँदा पनि राजीनामा दिएर नैतिकता नदेखाएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि