कांग्रेस जिल्ला सभापतिहरुको अनसन तोडियो



काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अनशन तोडेका छन् । नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल पार्टी कार्यालय सानेपा पुगेर जिल्ला सभापतिहरुको अनशन तोडाएका हुन् ।

जिल्ला सभापतिहरुको तीन बुँदे माग सम्बोधन हुने भएपछि उनीहरुले अनशन तोडेका हुन् । क्रियाशील सदस्य सार्वजनिक गर्ने र त्रुटि भएको ठाउँहरुमा सच्याउने, एक मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला सभापतिले महासमिति सदस्यमा निर्वाचनमा भाग लिन पाउने भएपछि हाललाई अनशन स्थगित गरी अधिवेशनमा लाग्ने तयारी गरिएको सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले जानकारी दिए ।

शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका थिए। १४ औं महाधिवेशन संघारमा आए पनि क्रियाशील सदस्यता विवरण सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरुले बुधवारदेखि तीन बुँदे माग राख्दै अनशन थालेका थिए। कांग्रेसले अहिलेसम्म ५३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति